रौतहटका एक युवकमा कोरोना संक्रमण


काठमाडौं, १ बैशाख : रौतहटका एकजना १९ वर्षीय युवकमा कोरोना संक्रमण देखिको छ । क्वारेन्टीनमा राखिएका ती युवकको थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकाे हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार विदेशबाट आएका ती युवकलाई क्वारेन्टाइनमा राखिएको थियो।
कोरोना आशंकमा जाँच गर्दा ती युवकको रिपोर्ट पोजेटिभ आएको हो। कोरोना संक्रमण पाइएपछि उनलाई अहिले क्वारेन्टाइनबाट उपचारका लागि अस्पताल लगिँदै गरिएको डा. देवकोटाले बताए । यसअघि वीरगञ्ज नाकामा चिया पसल चलाउने कैलालीकी ६५ वर्षीया वृद्धलाई कोरोना भेटिएको थियो।



नेपालमा हालसम्म भेटिएका १४ संक्रमितमध्ये कैलालीको सेती अञ्चल अस्पतालमा ५ जना, वीरगञ्जको नारायणी अस्पतालमा तीन जना, बागलुङको अस्पतालमा २ जना र काठमाडौंको अस्पतालमा २ जना रहेका छन्। नयाँ एकजना रौतहटमा भेटिएका हुन्। चीनबाट आएका एकजना यसअघि नै उपचार गरेर घर फर्किसकेका छन्। अन्य सबैको अहिले अस्पतालमा उपचार भइरहेको छ।