भारतीय सीमामा रोकिएका नेपालीलाई ल्याउने तयारी

कञ्चनपुर, १३ वैशाख : झण्डै एक महिनादेखि भारतीय सीमा पारी झण्डै एक महिनादेखि रोकिएका नेपालीलाई ल्याउन आवश्यक तयारी थालिएको छ। सुदूरपश्चिसँग जोडिएका सीमावर्ती भारतीय क्षेत्रमा झण्डै एक महिनादेखि राखिएकाहरुलाई फर्काउन जिल्ला प्रशासन कार्यालयहरुले आवश्यक तयारी थालेका हुन्।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुँवरले महाकाली पारी धारचुलामा क्वारेन्टाईनमा राखिएका नेपालीहरुलाई ल्याउन तयारी भईरहेको जानकारी दिए। कुँवरले धारचुला पारी सुदूरपश्चिम सहित ११ जिल्लाका नागरिक भएकाले उनीहरुलाई ल्याउन सम्बन्धीत स्थानीय तहले गाडीको व्यवस्थान गर्नेदेखि अन्य तयारी भईसकेको बताए।

उनले भारतीय पक्षले उताको र आफूहरुले यताको गृह मन्त्रालयको परिपत्र कुरिरहेकाले निर्देशन आउने बितिकै सबैलाई फकाईने बताए। महाकाली पारी धारचुलामा सुदूरपश्चिम सहितका अन्य जिल्लाका झण्डै एक हजार पाँच सय नेपाली विगत एक महिनादेखि क्वारेन्टाईनमा राखिएका छन्। यस्तै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि वनबासा, खटिमा लगायतका क्षेत्रमा राखिएका नेपालीलाई फर्काउन आवश्यक तयारी भईरहेको जनाएको छ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले सीमा क्षेत्रमा राखिएहरुलाई सकभर एकदुई दिन भित्रै ल्याउने गरी तयारी गरिएको बताए। उनका अनुसार बनबासा, खटिमा र टनकपुरमा गरी सुदूरपश्चिम सहित विभिन्न जिल्लाका दुई सय तनि जनालाई क्वारेन्टाईनमा राखिएको छ।

सम्बन्धित खवर

Back to top button