satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

खुसी हुँदै घर फर्किइन् कोरोना संक्रमित वृद्धा

सत्कार पोष्ट सत्कार पोष्ट
बैशाख ३१, २०७७ मा प्रकाशित
416
बाँकेमा थप एकजनामा काेराेना संक्रमण पुष्टि

चितवन, ३१ वैशाख : चितवनकी ६३ वर्षीया वृद्धा कोरोनामुक्त भएर घर फर्किएकी छन् । दुई छोरासँगै वैशाख ३ गते भरतपुर अस्पताल आएकी वृद्धा र उनको छोरालाई कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । अर्का एक छोरामा नेगेटिभ देखिएको थियो । वैशाख १३ गते २७ वर्षीय छोरा सङ्क्रमणमुक्त भए पनि आमालाई निको हुन समय लागेको थियो । आमासँगै घर जाने बताएपछि सङ्क्रमण निको भएका छोरा पनि अस्पतालकै क्वारेन्टाइनमा बसेका थिए । आमालाई लिएर उनी पनि आज घर फर्किएका छन् ।

उनीहरुलाई लिन राप्ती नगरपालिका प्रमुख प्रभा बराल एम्बुलेन्स लिएर अस्पताल आइपुगेकी थिइन् । अस्पतालका तर्फबाट बिदाइ गर्दै फूल, गुच्छा र डिस्चार्ज दिएपछि खुसी हुँदै वृद्धाले आफूलाई कोरोना भएको भनिए पनि शरीरलाई भने केही नभएको बताए । उनले भनिन्, ‘एकदमै राम्रो छ । आउँदा पनि यस्तै थियो । अहिले पनि त्यस्तै छ ।’ उनले अगाडि थपिन्, ‘सबैले कोरोना भयो भने तर मलाई त केही पनि भएको छैन ।’

अस्पतालको सेवाप्रति उनी निकै खुसी हुँदै नियमित रेखदेखमा रहेका स्वास्थ्यकर्मीलाई उनले विशेष धन्यवाद दिइन् । बिदाइ गर्दै अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले उनलाई शुभकामना दिए । स्वास्थ्यको ख्याल गर्न अधिकारीको सुझाव थियो । प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले दुई सातासम्म घरमा छुट्टै बस्न अनुरोध गर्दै केही असजिलो भए अस्पताल आउन आग्रह गरे । उनले टेलिफोनबाट पनि सामान्य समस्या समाधान हुने बताए । सो अवसरमा नगरपालिका प्रमुख बरालले अस्पतालप्रति विशेष धन्यवाद दिँदै उनीहरूको रेखदेखमा नगरपालिकाले ध्यान दिने बताए । संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी र चिकित्सकप्रति बरालले आभार प्रकट गरे ।

कोरोना जितेर फर्कँदै गरेकी आमाको बिदाइमा मेडिसिन विभाग प्रमुख डा प्रकाश खतिवडा, कोरोना क्लिनिकल संयोजक डा प्रमोद पौडेल, मेट्रोन शान्ता भण्डारी, सूचना अधिकारी लीलाधर पौडेल, आइसोलेसन विभाग प्रमुख रुमा देवकोटालगायतको उपस्थिति थियो ।

यसअघि २७ वर्षीय छोराले सङ्क्रमणमुक्त भएपछि अस्पताललाई धन्यवाद दिएका थिए । आज पनि उनले त्यसैलाई दोहोर्याएर आमासँगै घर फर्किएका हुन् ।

उनीहरु राप्ती नगरपालिका वडा नं ८ का हुन् । चैत ३ गते बेलायतबाट काठमाडौँ आएर ५ गते राप्ती नगरपालिकास्थित घर आएका उनीहरुमध्ये आमाको वैशाख ३ गते र्यापिड डाइग्नोष्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएको थियो । आमामा शङ्कास्पद देखिएपछि आमा र आमासँगै आएका दुई छोराको समेत पिसीआर परीक्षण गर्दा वैशाख ५ गते आमा र एक छोरामा कोरोना पुष्टि भएको थियो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सङ्क्रमित राखिएको अस्पतालको क्याविनका छ कोठालाई निर्मलीकरण गरेर प्रयोगमा ल्याइने छ । भरतपुर अस्पतालले कोरोना आशङ्का गरिएका बिरामीको उपचार सरकारी भरतपुर अस्पताल र कोरोना अस्पतालमा गर्दै आएको छ भने आफ्नै कोरोना प्रयोगशालामा नियमित परीक्षण गरिरहेको उनले जानकारी दिए । रासस

Related Posts

सामाजिक विकास मन्त्रालयमा आसेपासेलाई लगायो कोरोना खोप
प्रदेश

सामाजिक विकास मन्त्रालयमा आसेपासेलाई लगायो कोरोना खोप

by लालबहादुर बि.क.
साउन १३, २०७८
0

धनगढी,१३ साउन : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा आसेपासेलाई कोरोना विरुद्धको खोप लगाइएको छ। आजदेखि भेरोसेलको पहिलो मात्रा दिन वडा–वडामा...

रिलायन्स फाइनान्स लिमिटेड कोहलपुरले गर्यो राहत वितरण:
कोभिड-१९ विशेष

रिलायन्स फाइनान्स लिमिटेड कोहलपुरले गर्यो राहत वितरण:

by सत्कार पोष्ट
जेष्ठ २७, २०७८
0

जेष्ठ,२६,कोहलपुर: विश्वव्यापी रुपमा फैलिएको को भिड 19 को माहामारीको दोस्रो चरणबाट सामाजिक जनजिवन र अर्थतन्त्र संकटमा परेको बेला रिलायन्स फाइनान्स...

रिलायन्स फाइनान्स लिमिटेड कोहलपुर शाखाबाट राहत बितरण

रिलायन्स फाइनान्स लिमिटेड कोहलपुर शाखाबाट राहत बितरण

जेष्ठ २६, २०७८
सम्पादक ललित पहाडीलाइ  कोरोना संक्रमण पुष्टि, स्वासप्रस्वासमा समस्या

सम्पादक ललित पहाडीलाइ कोरोना संक्रमण पुष्टि, स्वासप्रस्वासमा समस्या

बैशाख १८, २०७८
मंगलबार देखि सुर्खेतमा एकहप्ता निषेधाज्ञा

मंगलबार देखि सुर्खेतमा एकहप्ता निषेधाज्ञा

बैशाख १३, २०७८
कोरोना स‌ंक्रमणबाट गर्भवती महिलाको  मृत्यु

कोरोना स‌ंक्रमणबाट गर्भवती महिलाको मृत्यु

पुस १, २०७७

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र
प्रदेश

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

by सत्कार पोष्ट
साउन २३, २०७९
0

जाजरकोट २३ श्रावण : नेपाली काङ्ग्रेस जाजरकोटले स्थानीय तह निर्वाचन २०७९ को जिल्ला स्तरीय समिक्षा कार्यक्रम श्रावण २० र २१...

Read more
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

असार ३२, २०७९
रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

असार ३१, २०७९
त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने

त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने

असार ३०, २०७९
शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

असार २९, २०७९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.