नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न भारतलाई आग्रह

काठमाडौं, २७ वैशाख : सीमा अतिक्रमण भएको विषयमा नेपाल सरकारले मुख खोलेको छ । नेपाल सरकारले नेपाली भूमिमा भइरहेका कुनै पनि गतिविधि नगर्न भारत सरकारलाई आग्रह गरेको हो । भारतले शुक्रबार नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने लिंक रोडको उद्‌घाटन गरेपछि नेपाल सरकारले शनिबार एक विज्ञप्ति जारी गर्दै भारत सरकालाई नेपाली भूमिभित्र कुनै पनि गतिविधि नगर्न आग्रह गरेको हो ।

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले शुक्रबार राजधानी नयाँ दिल्लीबाट भिडियो कन्फरेन्समार्फत पिथौरागढ-लिपुलेक हुँदै मानसरोवर जाने बाटोको उद्‌घाटन गरेका थिए । यसको विरोधमा प्रदर्शनहरु हुन थालेपछि परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिजारी गर्दै भनेको छ, “भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर शुक्रबार उद्घाटन गरेको कुरा थाहा पाउँदा दुःख लागेको छ ।”

नेपालले सन् १८१६ कै सुगौली सन्धिअनुसार गतिविधि गरिरहेकोले एकलौटीरुपमा उक्त क्षेत्रमा कुनै गतिविधि नगर्न परराष्ट्र आग्रह गरेको छ । परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारले सुगौली सन्धी (सन् १८१६) अनुसार आफ्ना गतिविधि गर्दै आएको छ । पूर्वमा काली (महाकाली) नदी यताका सम्पूर्ण भूभागहरु लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका भूभाग हुन् ।

यस विषयमा नेपाल सरकारले केही पहिले र हालै सन् २०१९ नोभेम्बर २० मा पनि भारत सरकारलाई कुटनीतिक नोटमार्फत् सम्बोधन गर्दै आएको छ ।” ३ नोभेम्बर २०१९ मा कालापानी, लिपुलेक र लिम्पिया धुरा समेतटेर आफ्नाो राजनीतिक नक्सा सार्वजनिक गरेको थियो ।

सम्बन्धित खवर

Back to top button