प्रभाकर भन्छन्, ‘सांसद विकास कोष खारेज गरौं’


राष्ट्रको समग्र विकासको मूल रणनीतिभित्र सबै समेटीने गरी काम गरौं । छुट्टै सांसद क्षेत्र विकास कोष चाहिँदैन।
काठमाडाैं, २ जेठ : नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता तथा प्रतिनिधिसभाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले सांसद विकास कोष भनेर चिनिने स्थानीय पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गरेका छन् ।



उनले याे कार्यक्रम खारेज गरेर हरेक निर्वाचन क्षेत्रमा जाने ६ करोड रुपैयाँ अन्य क्षेत्रमा लगाउन माग भइरहेका बेला नेता शर्माले यस्तो माग गरेका हुन् ।
सांसद शर्माले ट्वीटमार्फत भनेका छन्, ‘राष्ट्रको समग्र विकासको मूल रणनीतिभित्र सबै समेटीने गरी काम गरौं । छुट्टै सांसद क्षेत्र बिकास कोष चाहिँदैन।’
राष्ट्रको समग्र विकासको मुल रणनीति भित्र सबै समेटीने गरी काम गरौं ।
छुट्टै सांसद क्षेत्र बिकास कोष चाहिँदैन।।— Janardan Sharma (@JSPrabhakar) May 15, 2020