लकडाउनमा डडेल्धुराका पसलमा सामाजीक दुरी कायम


डडेल्धुरा, ६ जेठ : कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिम न्यूनिकरण गर्न भन्दै डडेल्धुराका अधीकांस पसलमा ग्राहकहरुलाइ उभिनका लागि दुरी निर्धारण गरिएको छ ।
कारोना भाइरसको संक्रमणबाट बच्न जील्ला सदरमुकामका पसलहरुमा तरकारी तथा फलफूल पसल, खाद्यान्न पसल अगाडि ग्राहक उभिनका लागि दुरी निर्धारण गरिएको जील्ला सदरमुकामका एकजना व्यापारी सरस्वती भट्टले बताइन ।



भाइरसको संक्रमणबाट आफु लगायत अन्य समुदायलाइ जोगाउन यस्तो उपाए अपनाइएको व्यापारीहरु बताउछन । दैनिक उपभोग्य बस्तु किन्न आउँदा एकजनाबाट अर्कोमा सम्भावित कोरोना सर्ने जोखिम नहोओस् भनेर यो कार्य गरीएको अर्का व्यापारी धना बिष्टले बताइन ।
यता उद्योग बाणीज्य संघ डडेल्धुराले पनी सदरमुकामका व्यापारीहरुलाइ सामाजीक दुरी कायम गरी सामान बिक्री–बितरण गर्न आग्रह गरेको उद्योग बाणीज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले बताए ।