नेपालको नयाँ नक्सा सार्वजनिक


काठमाडौं, ७ जेठ : सरकारले बुधबार दिउँसो नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् ।
नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ ।
हाल अतिक्रमित गरिएको भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर थियो । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ ।



नयाँ राजनितिक तथा प्रशासकनिको नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने गरी आवश्यक कामकारबाहीसमेत अगाडि बढाइएको मन्त्रालयले बताएको छ ।
मंगलबार संघीय संसद्का दुवै सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेका भूमि फिर्ता ल्याएरै छाड्ने बताएका थिए । सोमबारको मन्त्रिपरिषद् बैठकले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।
तर नक्सा सार्नु गर लगत्तै बिभिन्न चर्चाहरु चल्न थालेका छन भने भारतम हल्लि खल्लि मच्चिएको छ। उसले नेपालको यो कदम दोष्तीका खिलाप भन्दै चिनाउन आरोप लगाएको छ। भुमि कसरी फिर्ता हुनेहो त्याहाँ रहेका स्थानियको साथ जाता हुने हो यावत प्रश्नहरू उब्जिएका छन।