जापान, १३ जेठ : प्रिय भाइ नवराज ! तिम्रो मृत्युपश्चात मसँग परिचित भएर अब सम्झनामा मात्र रहेका तिम्रो न्यायको लागि मैले जे लेखेपनि नदेख्ने र जे बोलेपनि नसुन्ने ठाउँमा पुगिसकेका छौंं । तथापी यो पापी र विभेदकारी समाजले भने पक्कै सुन्नेछ र सुन्नै पर्छ । तिम्रो मृत्युको कारणमा आज मेरै जात दोषी छ ! तसर्थ मैले अब यही जातसँग एउटा भयंकर र अन्तिम लडाईँ लड्नु पर्ने भएको छ!
कलिलो र रहरलाग्दो तस्वीरमा मात्र उभिएर मुस्कुराईरहेका प्रिय भाई ! यो देशमा तिम्रो रगत चल्यो श्रम चल्यो , ट्याक्स चल्यो, जनगणनामा संख्या चल्यो , तिमीले बनाएको कपडा चल्यो, जुत्ता चल्यो, भाँडा चल्यो, तिमीले खेतबारीमा पसिना रोपेर उमारेको अन्न चल्यो, सबैसबै चल्यो तर तिमीले दिएको स्वच्छ पानी र चोखो प्रेम चलेन ! यस्तो देशपनि के देश ?
कति हारगुहार गर्यौ होला मलाई नमार भनेर , कति रोयौ होला, करायौ होला, चिच्याचौ होला ! आफ्नो जन्मदिने आमाबुबा, साथीभाइ, आफ्नो प्रेम , भविष्यको सपना , आफ्नो गाउँ, देश र सिंगो संसारै केही मिनेटमा छोड्दैछु भन्ने कहालीलाग्दो पीडामा डुबेको कलिलो मुटु अन्तिमपटक आमालाई सम्झिएर भेरी नदीको बगरमा कसरी खस्यो होला प्रिय भाई । सम्हालिएर र भरिएको गला दबाएर म के गरि कल्पना गरौं ?
मान्छे भएर जन्मिएकोमा आज आफूलाई संसारकै सबैभन्दा नीच प्राणी घोषित गर्दै तिम्रो बाँच्न पाउने अधिकार खोस्ने ती समाजमा उपल्लो जाति भनिएका मुजरिमहरुलाई चौपालमा ल्याएर शरीरको पत्रपत्र छाला कारेर सार्वजनिक रुपमा फाँसीको सजाय दिन म यो देशको सरकारसँग विशेष माग गर्दछु ! जातीय विभेद र वर्गीय समानताको लागि १० वर्ष जंगल बसेका प्रचण्ड र बाबुरामले यदि अबपनि संविधान संशोधन गरि जातीय पर्खालमा ठोकिठोकि मार्ने अपराधीलाई फाँसीको सजाय दिनुपर्छ भनेर बोल्ने हिम्मत गरेनन् भने अब यो देशका तमाम शासकहरुको एकएक गरि टाउकाको मूल्य जनताले हिम्मतसाथ तोक्नु पर्छ । यो त अति भयो सरकार ! यो त सहनै नसकिने भयो !
#JusticeforNabarajBk
#StopRacialDescrimination !