जेष्ठ १३ कोहलपुर : महिला लघु बित्त वित्तिय संस्था लि. शाखा कार्यालय कोहलपुरले लकडाउनबाट प्रभाबित कोहलपुरका तीस घरपरिवारलाइ प्रति परिवार १० के.जि चामल १ पोका तौल र १प्याकेट नुन बितरण गेको छ।
आज एक कार्यक्रमका बिच कोहलपुर नगरपालिका वडा न. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाको उपस्थितिमा पिडित परिवारलाइ प्रत्येक्ष राहात बितरण गरेको र उक्त राहात रकम केन्द्रीय अफिसको सहयोगमा रु. १३,५०० र बाँकी सहयोग रकम सोही लघु बित्तका कर्मचारीहरुको सहयोगमा बितरण गरिएको महिला लघु बित्त वित्तिय संस्था शाखा कार्यालय कोहलपुरका शाखा प्रबन्धक हिम शंकर न्यौपानेले बताए।
राहात बितरण प्रभावकारी नभएको गुनासो अाइरहेका बेला संस्थाले सामाजिकदुरी कायम गर्दै जनप्रतिनिधिको रोहबरमा आफैले प्रभाबित हरुलाई राहात बितरण गरि उदारहण योग्य काम गरेको भन्दै वडा अध्यक्ष कर्ण बहादुर थापाले संस्थालाइ धन्यवाद दिएका छन्।
यसरी राहात बितरण गर्दा छिटो छरितो र दाताले दिन चाहेको वास्तविक पिडित समक्ष पुग्ने र कसैको गुनासो नहुने उनको भनाइ रहेको संस्थाले जनाएको छ। राहात वितरण र व्यवस्थापन संस्थाका कर्मचारी आफैले गरेका थिए । अहिले बाँके नेपालकै हटस्पटका रुपमा सबै भन्दा धेरै कोरोना संक्रमितहरुको संख्या रहेको छ। तर पनि सरकारी तवरबाट राहात लगायका कार्यहरुमा प्रभावकारिता नभएको भनि चौतर्फी गुनासो आइरहेको छ। संक्रमित को संख्या दिनप्रति दिन बड्दै जादा जनस्तरबाट लकडाउभने भंग भइरहेकोछ।