कञ्चनपुर, १४ जेठ : क्वारेन्टीन व्यवस्थामा जुटेका एक वडाध्यक्षको ज्यान गएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति ज्यान भएको हो ।
राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टीनमा कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भएका रानाको ज्यान भएको हो । राना साँझपख घरमा पुगी नुहाइ खाना खाएर क्वारेन्टीन पुगेका थिए ।
नयाँ क्वारेन्टीन स्थापना गरिएको थियो नगरप्रमुख कर्णबहादुर हमालले भने, “राति व्यवस्थापनबारे जानकारी लिनका लागि क्वारेन्टीनमा पुगेका उनको मृत्यु भएको छ ।” वडाध्यक्ष रानामा कुनै पनि रोगको लक्षण यसअघि नदेखिएकाले हृदयघातका कारण उनको मृत्यु भएको हुनसक्ने उनले बताए ।
मृत्यु भएका रानाको शव परीक्षणका लागि राति नै सेती प्रादेशिक अस्पताल धनगढीमा पु-याइएको छ । अस्पतालमा मृतक रानाको शव परीक्षणपश्चात स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिने बताइएको छ ।