satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

सोती बर्बरतापूर्ण हत्याका अभियुक्तविरुद्ध किटानी जाहेरी

सत्कार पोष्ट सत्कार पोष्ट
जेष्ठ १४, २०७७ मा प्रकाशित
1,651
सोती बर्बरतापूर्ण हत्याका अभियुक्तविरुद्ध किटानी जाहेरी

जाजरकोट, १४ जेठ : रुकुमपश्चिम चौरजहारी–८ सोतीमा शनिबार भएको बर्बरतापूर्ण हत्याका अभियुक्तविरुद्ध पीडित पक्षले किटानी जाहेरी दिएका छन् । तीनजनाको ज्यान जानेगरी, तीनजना बेपत्ता हुनेगरी भएको उक्त बर्बरतापूर्ण हत्याका २० अभियुक्तविरुद्ध पीडितहरुले किटानी जाहेरी दिएका हुन् । मंगलबार पीडितहरुले जिल्ला प्रहरी कार्यालय, जाजरकोटमा किटानी जाहेरी दर्ता गराएका प्रहरीले जनाएको छ ।

जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकका बुवा मुनलाल विक, गणेश बुढाका बुवा पदमबहादुर बुढा र रुकुमपश्चिम चौरजहारी नगरपालिका–१ का टीकाराम विकका बुवा शोभे नेपालीले संयुक्त रुपमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यलय, जाजरकोटले जनाएको छ ।

पीडितहरुले चौरजहारी नगरपालिका–८ का वडा अध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा बीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, रमेश मल्ल, सुष्मा मल्ल, डिल्ली मल्ल, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, नन्दु मल्ल, लगाएतका २० जनाका नाममा किटानी जाहेरी गरेको जाजरकोटका प्रहरी नायव उपरीक्षक किशोर कुमार श्रेष्ठले जानकारी दिए ।

२० जनाको नाममा किटानी जाहेरी गरिएको भएतापनि उक्त घटनामा झण्डै २ सय जना गाउँलेहरु सहभागी भएको पीडितहरुले दाबी गरेका छन् ।

पीडितहरुले गरेको जाहेरीलाई जाजरकोट जिल्ला प्रहरी कार्यालयले दर्ता गरेतापनि घटना घटेको स्थल रुकुमपश्चिम भएको हुंँदा मुद्दाको अनुसन्धान गर्ने काम रुकुमपश्चिम जिल्ला प्रहरी कार्यालयले गर्ने जिल्ला प्रहरी प्रमुख डिएसपी श्रेष्ठले बताए । पीडितहरुले दिएको जाहेरीलाई सुनुवाई गर्ने तथा न्याय निरुपन पनि रुकुम जिल्ला अदालतबाटै हुने डिएसपी श्रेष्ठको भनाई रहेको छ ।

न्याय पाउनेमा विश्वस्त भएपछि शव बुझ्दै

सांकेतिक तस्बिर

बर्बरतापूर्ण सोती सामूहिक हत्याकाण्डको बिषयले राष्ट्रिय तथा प्रतिनीधि सभामा प्रवेश पाउनुको साथै नेपाल सरकारले गृहमन्त्रालयमा कार्यरत सह–सचिवको नेतृत्वमा घटनाको निष्पक्ष तथा सत्यतथ्य छानविन समिति गठन गरेपछि निष्पक्ष न्याय पाउनेमा पीडितहरु विश्वस्त भएका छन् । सरकारले न्याय दिनेमा विश्वस्त भएका पीडितहरु डाक्टरको पोष्टमार्टम पश्चात लास बुझ्ने तयारी अबस्थामा रहेको बुझिएको छ । चौरजहारी नगरपालिका–१ का टीकाराम विकको लास मंगलबार नै पोष्टमार्टम भएर उनका बुवा शोभे नेपालीले मंगलबार नै बुझिसकेको प्रहरीले जनाएको छ । त्यसैगरी बुधबार नवराज विक र गणेश बुढाको पोष्टमार्टम पश्चात लास बुझ्न तयारी अवस्थामा रहेको मुनलाल विक र पदमबहादुर बुढाले बताएका छन् ।

बेपत्ताहरुको खोजी गर्दै गोताखोर

भेरी नदीमा बेपत्ताहरुको खोजी गर्दै गोताखोर ।

उक्त घटनामा परेर अहिलेसम्म भेरी नदीमा हराइरहेका भेरी नगरपालिका–४ का सन्जु विक, ११ का लोकेन्द्र सुनार र गोविन्द शाहीको खोजी कार्यका लागि नेपाल सरकारको योजनामा बुधबार बिहानदेखि सशस्त्र प्रहरीका गोताखोर प्रयोग भएको शसस्त्र प्रहरी बल जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक यज्ञ बस्नेतले जानकारी दिए ।

सशस्त्र प्रहरी बलका ४ जना गोताखोरलाई ५ नम्बर प्रदेशबाट ल्याएर चार दिनदेखि भेरी नदीमा हराईरहेका सन्जु, लोकेन्द्र र गोविन्दलाई भेरी नगरपालिका–१ कालेगाउँ देखि खोजीकार्य सुरु गरिएको शसस्त्र प्रहरी डिएसपी बस्नेतले बताए । नदीमा हराई रहेका तीन जनाको खोजी गर्नका लागि ५ नम्बर प्रदेशबाट शसस्त्र प्रहरी सहायक निरीक्षक रमेश थापाको नेतृत्वमा चार जना गोताखोर मंगलबार बेलुका जाजरकोट आई पुगेका थिए । शसस्त्र प्रहरीका गोताखोरलाई सहयोग गर्न तथा हराईरहेका तीन जनाको खोजी गर्नका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली पनि संँगसंँगै लागि परेको बताइएको छ ।

अधिकारकर्मी आमरणअनसनमा

अधिकारकर्मी तथा राष्ट्रिय दलित पत्रकार संघ, कर्णाली प्रदेशका अध्यक्ष खगेन्द्र सुनार मंगलबार देखि जिल्ला प्रशासन कार्यालय, जाजरकोटको गेटमा आमरणअनसन बसेका छन् । सुनार मंगलबार बेलुका ६ बजेदेखि आमरणअनसन बसेका हुन् ।

सोती सामूहिक हत्याका दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने, मृतकलाई शहिद घोषणा गर्नुपर्ने, शहिदहरुको नाममा शालिक निर्माण गर्नुपर्ने, प्रतिष्ठान बनाईनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति तथा राहत दिनुपर्ने, बेपत्ताहरुको शीघ्र खोजीकार्य गर्नुपर्ने, घाइतेहरुको उपचारको व्यवस्था गर्नुपर्ने जस्ता मागहरु राखेर सुनार आमरणअनसन बसेका हुन् ।

राज्यका तर्फबाट पीडित पक्षलाई पूरा गर्नुपर्ने मागहरु सरकारले पुरा गरिरहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको भनाई रहेको छ । पीडित पक्षका पीडा र मागहरु एकातिरका अर्कोतिरका मागहरु राखेर अधिकारकर्मीका नाममा बाहिर जिल्लाबाट आएर जाजरकोटमा राजनीति गर्न खोजेको प्रजिअ पन्तको भनाई रहेको छ ।

सम्बन्धित सामग्री पढ्नुहोस् 

अन्तरजातीय प्रेम सम्बन्धका कारण एक युवाको ज्यान गयो

Related Posts

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने
प्रदेश

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

by सत्कार पोष्ट
बैशाख २५, २०७९
0

जाजरकोट २५ बैशाख: बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस र ने.क.पा. माओवादी केन्द्र बिच गठबन्धन गरि निर्वाचनमा...

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नेपाली काँग्रेस छेडागाड नगरपालिका मेयरको उम्मेदवारी सर्बसहमतबाट रत्न खड्का

नेपाली काँग्रेस छेडागाड नगरपालिका मेयरको उम्मेदवारी सर्बसहमतबाट रत्न खड्का

चैत्र २६, २०७८
लेखबेशी ८ गन्नेपानीबाट७८.९क्यु फिट.काठ  सहित ३ जना पक्राउ ।

लेखबेशी ८ गन्नेपानीबाट७८.९क्यु फिट.काठ  सहित ३ जना पक्राउ ।

चैत्र १८, २०७८
नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय सदस्यमा कर्णालीबाट दैलेखका प्रेम रामजाली मगर

नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय सदस्यमा कर्णालीबाट दैलेखका प्रेम रामजाली मगर

फाल्गुन ३०, २०७८

भर्खरै

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

Read more
शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

बैशाख २५, २०७९
कर्ण मल्लको देउवालाई  प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

बैशाख २४, २०७९
वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

बैशाख ६, २०७९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.