काठमाडौं, १६ जेठ : काेभिड-१९ काे संक्रमणबाट नेपालमा थप एकजनाकाे ज्यान गएकाे छ । काेराेना भाइरसका कारण ३५ वर्षीय एक पुरुषको मृत्य भएको स्वास्थ्य मन्त्रालय जनाएकाे छ । योसंगै नेपालमा कुल मृत्यु संख्या ६ पुगेको छ ।
भारतको गुजरातबाट नेपाल फर्कदै गर्दा बाटोमा मृत्यु भएका अर्घाखाँचीका ३५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हाे । स्वास्थ्य मन्त्रालयका अनुसार भारतको लखनउ आसपास आईपुग्दा उनको गत जेठ १० गते मृत्यु भएको थियो।
भारतबाट आएको र अचानक स्वास्थ्यमा समस्या आएपछि मृत्यु भएका उनको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाव परीक्षण गरिएकोमा कोरोना पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए।