डेल्धुरा, २३ जेठ : डडेल्धुरामा ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जिल्ला गन्यापधुरा गाउँपालिका वडा नम्बर-२ का ५ जनामा धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेहरुमा कोरोना पोजेटिभ आएको हो । गन्यापधुराले आफै भिटीएम खरिद गरेर ६३ जनाको नमुना कोरोना परिक्षणका लागि धनगढी पठाएकोमा यो समाचार तयार पर्दासम्म ५ जनामा पिसीआर पोजेटीभ देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जनाएको छ ।