काठमाडौं,२३ जेठ:प्रदेश १ मा थप ३९ जना कोरोना संक्रमण पुष्टि भएको छ। झापामा ११ जना, मोरङमा ६ जना, सुनसरीमा १७ जना, भोजपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताकाले बताएका छन्।
मोरङका संक्रमित सबै रतुवामाई नगरपालिकाका हुन् । सुनसरीमा भोक्राह नरसिंह गाउँपालिकामा १२, बर्जु गाउँपालिकामा ३, धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा १/१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी गराएको छ ।
विराटनगरको कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो । भोजपुरका सबै ५ जना संक्रमित षडानन्द गाउँपालिकाका हुन्। शुक्रबार ३९ जनामा संक्रमण पोजेटिभ देखिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४० पुगेको छ ।