काठमाडौं,२३ जेठ:नेपालमा शुक्रबार थप ४३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।स्वास्थ्य मन्त्रालयका अनुसार धरानबाट ३ जना डिस्चार्ज भएका छन्।
डिस्चार्ज हुनेहरु ७ देखि ११ औँ दिनको अवधिमा डिस्चार्ज भएका हुन्। यस्तै कोशी अस्पताल विराटनगरबाट २७ जना डिस्चार्ज भएका छन्।उनीहरु ६ देखि ११ औँ दिनको अवधिमा डिस्चार्ज भएका हुन्। बाँकेबाट १३ जना डिस्चार्ज भएका छन्।उनीहरु १४ देखि ३० औँ दिनको अवधिमा डिस्चार्ज भएका हुन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ३३३ पुगेको छ।तीमध्ये २७२ जना पुरुष र ६१ जना महिला रहेको जानकारी भएको छ।