satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको सङ्ख्या बढेर दुई हजार २७२ पुग्यो

सत्कार पोष्ट सत्कार पोष्ट
जेष्ठ २४, २०७७ मा प्रकाशित
375
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको सङ्ख्या बढेर दुई हजार २७२ पुग्यो

काठमाडौं, २४ जेठ : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पहिचानका रुपमा रहेको बाह्रसिङ्गाको सङ्ख्या बढेर दुई हजार २७२ पुगेको छ । बाह्रसिङ्गाको बासस्थानमा सुधार गरिएपछि सङ्ख्यामा बढोत्तरी भएको हो ।

विश्व वातावरण दिवसका अवसरमा शुक्रबार बाह्रसिङ्गा अनुगमनको प्रतिवेदन सार्वजनिक गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालले गत वर्ष बाह्रसिङ्गाको सङ्ख्या दुई हजार २४६ रहेकामा यस वर्ष बाह्रसिङ्गाको सङ्ख्या २६ ले बढेको जानकारी दिए । उनका अनुसार अवलोकनका क्रममा ४०४ वयस्क भाले, ८६४ वयस्क पोथी, १४४ अर्धवयस्क भाले, ५५४ अर्धवयस्क पोथी र २२३ पाठापाठी देखा परेका छन् । यसैगरी लिङ्ग नखुलेका बाह्रसिङ्गाको सङ्ख्या ८३ रहेको छ ।

गत वैशाख २१ गतेदेखि २७ गतेसम्म बाह्रसिङ्गाको अनुगमनको कार्य गरिएको हो । बाह्रसिङ्गा गणनाका लागि हात्तीसहित निकुञ्ज कार्यालयका कर्मचारी निकुञ्ज सुरक्षार्थ नेपाली सेनाका जवान र राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारीको सहभागिता रहेको थियो । हात्तीमा सवार गणकले टाउको गन्तीको आधारमा बाह्रसिङ्गा गणनाको कार्य गरेका हुन् ।

गत वर्ष (सन् २०१९) मा निकुञ्जमा गरिएको अनुगमनका क्रममा बाह्रसिङ्गाका वयस्क भाले ३८३, पोथी एक हजार दुई सय आठ, अर्धवयस्क भाले १३९, पोथी ३१५ र पाठापाठी २०१ गरी जम्मा बाह्रसिङ्गाको सङ्ख्या दुई हजार २४६ रहेको पाइएको थियो । निकुञ्जको स्थापनाकाल सन् १९७६ मा बाह्रसिङ्गाको सङ्ख्या ९०० रहेकोमा सन् १९९३ मा बढेर एक हजार ८५० पुगेको थियो ।

यसैगरी, सन् २००७ मा एक हजार छ सय ७४, सन् २०१० मा एक हजार ७३७, सन् २०११ मा एक हजार ७४३, सन् २०१२ मा एक हजार ८२५, सन् २०१३ मा दुई हजार १७०, सन् २०१४ मा दुई हजार ३०१ बाह्रसिङ्गा रहेका थिए । यसपछिको पाँच वर्ष पछि मात्रै सन् २०१९ मा बाह्रसिङ्गाको अनुगमनको कार्य गरिएको हो ।

बाह्रसिङ्गा नेपाल र भारतमा मात्रै पाइने स्तनधारी वन्यजन्तु हो । नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै पाइने गरेको छ । शुक्लाफाँटा घाँसे मैदानमा विश्वमा नै सबैभन्दा ठूलो झुण्डका रुपमा रहेको बाह्रसिङ्गा अवलोकन गर्न सकिन्छ ।

शुक्लाफाँटाको घाँसेमैदानसहित सुन्दरीफाँटा, हरैयाफाँट ,बिचुवाफाँटा, अण्डैयापटैयाफाँटा, करैयाफाँटा र नजिकका निकुञ्जभित्रको वन र सिमसार क्षेत्र बाह्रसिङ्गाको बासस्थानका रुपमा रहेको छ । बाह्रसिङ्गा संवेदनशील, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस)मा अनुसूचि १ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसूची १ मा सूचिकृत रहेको छ ।

विसं २०२६ सालमा शिकार वनका रुपमा स्थापना भएको निकुञ्ज विसं २०३३ मा वन्यजन्तु आरक्ष र विसं २०७३ मा निकुञ्जका रुपमा घोषणा भएको थियो । निकुञ्ज ३०५ वर्ग किलोटिर क्षेत्रफलमा फैलिएको छ । निकुञ्जमा विभिन्न प्रजातिका स्तनधारी जीव, चरा, सरिसृप, उपभयचर र माछालगायतका विभिन्न प्रजातिका वनस्पति, घाँसेमैदान, तालतलैया रहेका छन् ।

Related Posts

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने
प्रदेश

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

by सत्कार पोष्ट
बैशाख २५, २०७९
0

जाजरकोट २५ बैशाख: बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस र ने.क.पा. माओवादी केन्द्र बिच गठबन्धन गरि निर्वाचनमा...

कर्ण मल्लको देउवालाई  प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

बैशाख २४, २०७९
वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

बैशाख ६, २०७९
देउवालाई गृहजिल्लामै सकट सबै पालिकामा गठबन्धनविरुद्ध कांग्रेसबाटै ‘बागी’

देउवालाई गृहजिल्लामै सकट सबै पालिकामा गठबन्धनविरुद्ध कांग्रेसबाटै ‘बागी’

चैत्र ३०, २०७८

भर्खरै

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

Read more
शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

बैशाख २५, २०७९
कर्ण मल्लको देउवालाई  प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

बैशाख २४, २०७९
वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

बैशाख ६, २०७९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.