धनगढी, २४ जेठ : कोरोनाका कारण सुदूरपश्चिममा थप एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी एकजनामा महिलामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी धनगढी उप–महानगरपालिका वडा नम्वर-४ की एक महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए।
लामोसमयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित उनी पहिलो पटक डायलासिस गराउनका लागि सेती अस्पताल पुगेका थिईन्। डायलासिस अघि उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले जानकारी दिए। मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा कोरोना पुष्टि भएको हो।