काठमाडौँ,२५ जेष्ठ : राष्ट्रिय मानवअधिकार आयोगले बाहिरबाट आएका व्यक्तिलाई राख्नका लागि बनाएका क्वारेनटाइनलाई व्यवस्थितरुपमा सञ्चालन गर्न सरकारसंग आग्रह गरेको छ ।आयोगका प्रवक्ता वेद भट्टराईले विज्ञप्ति निकालेर क्वारेनटाइन न्यूनतम मापदण्डविपरीत सञ्चालनमा रहेकाले संरक्षण गर्न व्यवस्थितरुपमा सञ्चालन गर्न आग्रह गरेको छ ।
झापा, रौतहट, पर्सा, सर्लाही, सप्तरी, कपिलवस्तु, बाँके, दैलेख, कञ्चनपुरलगायत जिल्लाका क्वारेन्टिन न्यूनतम मापदण्डविपरीत नै रहेका विज्ञप्तिमा जनाइएको छ ।विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को प्रभाव नेपालमा जटिल अवस्थामा रहेको र हालसम्म मृत्यु भएका १३ जनामध्ये नौ जनाको मृत्यु क्वारेनटाइन भित्रै भएको आयोगकाे उल्लेखित विज्ञप्तिमा पाईन्छ । तै पनि आयोगले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि पिसिआर परीक्षणलाई तीव्रता दिनसमेत अपील गरेको पाईन्छ ।
यस्तै पत्रकारलाई आवश्यक सूचना उपलब्ध गराउन, पत्रकारमाथिको आक्रमण धम्की र दुव्र्यवहार रोक्न, श्रमजीवी पत्रकारको पारिश्रमिक सुनिश्चित गरी सूचनाको पहुँचलाई सहज बनाउन, पत्रकारको सुरक्षाका सम्बन्धमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना तथा कार्यक्रम ल्याउनसमेत आयोगले सरकारसँग जाेडदार माग गरेको छ ।
लकडाउनको अवधिमा अनुगमन तथा समाचार सङ्कलनका क्रममा हिँडेका सञ्चारकर्मीमध्ये २२ पत्रकार गिरफ्तार, आक्रमण, धम्की र दुव्र्यवहारमा परेका यथार्थ घटनाहरु विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पत्रकारलाई सरकारी निकायबाट सूचना प्रदान गर्न इन्कार गर्ने गरिएकाे पाईन्छ ।कतिपय श्रमजीवी पत्रकारले पारिश्रमिक प्राप्त गर्न नसकेको, पत्रकारिता पेशाबाटै विस्थापित हुनुपर्ने परिस्थिति रहेको र कतिपय सञ्चारमाध्यम बन्द हुने अवस्थामा छन् जसका कारण नेपालको संविधानबमोजिमको विचार र अभिव्यक्ति स्वतन्त्रताको हक, सञ्चारको हक तथा सूचनाको हकबाट वञ्चित हुने,तथा महासंघबाट निवेदन दिदा पनि वेवासता गरिएकाे देखिएको भनिएको छ । रिपोर्ट दीक्षा गुरुङ,डिलकुमारि नेपाल ,