चितवन २५ ,जेष्ठ :-कोरोना भाईरस (कोभिड–१९)को संक्रमण बढिरहेको बेला चितवन मेडिकल कलेजले स्थापना गरेको पिसिआर परिक्षण प्रयोगशाला सरकारलाई दिने बताएकाे छ। बिगत एक बर्ष देखि काम थालेर हाल प्रयोगशाला संञ्चालनको तयारी अबस्थामा पुगेको हाे ।साेहि कलेजका अध्यक्ष एंवम् प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले आँफुहरु संग भएकाे जनशक्ति र प्रयोगशाला तयारी भएको र सरकारलाई दिन तयार रहेको पत्र दिई सकेको बताए। उहाँका अनुसार केही दिन अघि स्वास्थ्य मन्त्रालयलाई कलेजले आँफुहरु प्रयोगशाला दिन तयार रहेको पत्र पठाई सकेकाे बतएका छन । न्यौपानेका अनुसार कलेजमा प्रयोगशालामा काम गर्न सक्ने सात जना अनुभबि जनशक्ति रहेकाे छन् । त्यही कलेजका जनशक्तिले भरतपुर कोभिड–१९ प्रयोगशाला सुरुवात काम गरेका थिए । अहिले कलेजकै दुई जना जनशक्ति प्रयोगशालामा रहेका छन् । न्यौपानेले अहिलेको संकटको समयमा सामाजिक उत्तरदायीत्व वहन नुपने,यसबेला सरकारलाई सबैले सहयोग गर्नेपने जानकारी दिनुभयो ।कलेजले अनुमती पाएमा परिक्षण गर्न सक्ने भए पनि सरकारी तवरबाटै प्रयोगशाला संञ्चालन गर्न , आफ्नो सुझाब रहेको उहाँले बताए। यस प्रयोगशालामा दैनिक २ सय भन्दा वढी नमुनाको परिक्षण गर्न सकने भनाई उहांकाे छ । त्यहाँ लाग्ने खर्च सरकारी तवरबाट गरेर काम गरेमा अहिले पालो कुरेर राखिएका नमुनाहरुको समयमा परिक्षण गर्न सकिने बताए। भरतपुर कोभिड १९ प्रयोगशाला स्थापनामा न्यौपानेको सक्रिय भूमिका रहेको पाईन्छ । उहाँले तत्कालिन समयमा पनि मेडीकल कलेजमा प्रयोगशालाका लागि ठाउँ दिने तयार, भएको हाे।
हाल भरतपुर अस्पतालले संञ्चालन गरेको प्रयोगशालामा चितवन, मकवानपुर, नवलपुर र कपिलवस्तुका नमुना परिक्षण भईरहेको छ । यस मेडीकल कलेजले निजी क्षेत्रबाट कोभिड १९ नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पाईन्छ । कोभिड क्लिनीकमा दैनिक ५/६ जना बिरामी हेर्दै आएको बताएका छन्। यहाँ संञ्चालनमा आएको भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालमा २० वटा शैया लगायतका उपकरण र जनशक्ति चितवन मेडीकल कलेजले सहयोग गरेको थियाे।
रिपोर्ट शाेसतिका खड्का चितवन
शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...