काठमाडौं, २६ जेठ:भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा नमूना परीक्षण गर्दा चितवनमा २० जनामा कोरोना संक्रमण देखिएको छ।
आज आएको रिपोर्टमध्ये १ जना चिकित्सक समेत रहेको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले बताएका छन् । केही नर्स समेत रहेको बताईएको छ । उनिहरु केही दिनअघि देखि क्वारेन्टाईनमा बसेका थिए । अधिकांश भारतबाट आएर क्वारेन्टाईनमा बसेका छन्।
स्रोतका अनुसार उनी भरतपुरको एक निजी अस्पतालमा कार्यरत चिकित्सक हुन् । त्यहाँ अन्य केही नमूनाको पनि परीक्षण जारी राखिएको तिवारीले बताए । पुष्टि भएकाहरु सबै माडी र भरतपुरको क्वारेन्टिनमा रहेको बताएको छ । आज प्रयोगशालामा चितवनसहित धादिङ र नवलपुरबाट संकलन गरिएको नमूना परीक्षण गरिएको भरतपुर अस्पतालले बताएको छ।
चितवनका संक्रमित मध्ये अधिकांश माडी र भरतपुर महानगरपालिकाका छन् । आइतवार करीव ३ सय जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा कतिपय स्वाबको परीक्षण बाँकी रहेको बताइएको छ।