काठमाडौं,२७ जेठ:कोरोना भाइरस संक्रमण पछि मृत्यु भएका भरतपुरका पुरुषको बागेश्वरी सामुदायिक वनमा अन्त्यष्टि गरिएको छ। बागेश्वरी सामुदायिक वन भित्र उनको शवलाई धार्मिक परम्पराअनुसार गाडीमा लगेर अन्त्यष्टि गरिएको हो।
नेपाली सेनाको कालिबहादुर गणमा कार्यरत सैनिकको टोलीले भरतपुर अस्पतालको आइसीयूमा रहेको शवलाई उक्त स्थानमा लगेर गाडेका हुन्। हिजो नारायणी सामुदायिक अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएका ती व्यक्तिलाई साँझ भरतपुर अस्पताल पुर्याइएको थियो। उनको मंगलबार बिहान मृत्यु भएको थियो।