काठमाडौं,२१ जेठ:बुधबार कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा गरि थप ३७ जनालाई कोरोना संक्रमण देखिएको हो । योसंगै कर्णालीमा कोरोना संक्रमितको संख्या ७ सय ८ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले बताएको छ ।
बुधबार संक्रमण पुष्टि हुनेहरूमा दैलेखका २५ जना, सुर्खेतका ९ जना र जाजरकोटका ३ जना रहेका बताइएको छ।
हालसम्म कर्णालीमा कोरोनालाई जितेर २९ जना घर फर्किसकेका छन् । अहिलेसम्म कर्णालीमा कोरोना संक्रमित ३ जनाको ज्यान गइसकेको छ ।