काठमाडौं, ३० जेठ : जनताका समस्याप्रति सरकार उदासिन भएको भन्दै काठमाडौंमा व्यापक विरोध प्रदर्शन भएको छ । कोरोना कहरकाबीच सरकारले जनताका आधारभुत आवश्यकता वेवास्ता गरेको, कोरोना जाँचका लागि पीसीआर टेष्ट नबढाएको, लकडाउनमा समस्यामा परेकाका जनताको दुखलाई नबुझेको भन्दै बालुवाटारमा सरकारप्रति व्यापक विरोध प्रर्दशन गरिएको हो ।
प्र धानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटार क्षेत्रमा विभिन्न नारा लेखिएका प्लेयको कार्ड बोकेका सयौं प्रर्दशनमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शनकारीले विरोध गरेकाले प्रहरीले तितरबितर गर्नका लागि सामान्य बल प्रयोग गरेको प्रहरीको भनाई छ ।
कोरोना उपचारमा सरकारले अहिलेसम्म १० अर्ब खर्च गरेको हिसाव पारदर्शी नगरेको, आरडीटी परीक्षण तत्काल रोक्नुपर्ने, सरकारद्धारा थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका मागहरु समेत राखेर प्रर्दशनकारीले सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।