डडेल्धुरा, ३० जेठ : डडेल्धुराका ५ जना कोरोना संक्रमित पिसिआर परिक्षण नगरी अस्पतालले शुक्रबार डिस्चार्ज गरिएको छ । कोरोना पुष्टि भएको १४ दिनसम्म कुनै किसीमको लक्षणदेखा नपरेपछि होम क्वारेन्टाइनमा बस्ने गरी सरकारले नै डिस्चार्ज गर्ने निर्णय अनुसार उनीहरुलाई घर पठाईएको छ ।
जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर-१ का २ जना र २ का ३ जनालाई कोरोना पोजेटिभ अवस्थामा घर पठाइएको छ । सरकारले बनाएको नयाँ निर्देशीका अनुसार उनीहरुलाई १४ दिन भन्दा बढी भइसकेकाले डिस्चार्ज गरिएको डडेल्धुरा अस्पताल विकास समितीका अध्यक्ष करुणाकर भट्टले बताए ।
जेठ ९ र १० गते भारतबाट आएका ५ जनालाई जेठ २३ गते कोरोना पुष्टि भएको थियो । उनीहरुलाई गाउँपालिकाको वडा नम्बर २ ले निमार्ण गरेका क्वारेन्टाइनमा राखीएको थिए । उनीहरुमध्ये २ जना मुम्बईबाट आएका, २ जना लुधियाना र १ गुजरातबाट गौरिफण्डा नाका भएर भित्रिएका थिए । उनीहरुसँगै अन्य ४६ जना घर फर्किएका थिए। उनीहरुको स्वास्थ्य अबस्था समान्य छ ।
यसरी पिसिआर परिक्षण नगरी घर पठाएकोमा स्थानिय बासीमा त्रास उत्पन्न भएको छ ।