डडेल्धुरा, ५ असार : डडेल्धुरामा एकै दिन हिजो विहीबारमात्रै ८४ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो संगै जिल्लाबासी त्रसित भएका छन ।गन्यापधुरा गाउँपालिकाले भारतबाट आएका नागरिकहरुको कोरोना परिक्षणका लागि क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरि एक हप्ता अघि घर पठाएको थियो । कोरोना परिक्षणको रिर्पोट नआउदै घर पठाएका ५८ जना संक्रमण भएको रिर्पोट विहिबार आएपछि गाउँपालिका भरि नै सन्त्रास फैलिएको छ ।
क्वारेन्टाइनमा राखेको १४ दिनसम्म कसैमा पनि कोरोनाको लक्षण नदेखिएको र स्वाब परिक्षणको रिर्पोट ढिला भएकोले क्वारेन्टाईनबाट घर पठाएको गन्यापधुरा स्वास्वास्थ्य शाखा प्रमुख बासुदेव नौन्यालले बताए । उनले भने ‘रिर्पोट आउन ढिला भयो कसै व्यक्तिमा पनि लक्षण देखिएको थिएन त्यसैले हामीले घर पठाएका हौ ।’
विहिबार डडेल्धुरा जिल्लाका ८४ जनामा कोरोना रोग संक्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा गन्यापधुरा गाउपालिका वडा नं-३मा १९ जना,वडा नं-४मा १५ जना,वडा नं-५मा १ जना वडा नं-२मा २३ जना रहेका छन् यस्तै अजयमेरु गाउपालिका वडा नं- १ मा १ जना र वडा नं-२ मा ३ जना रहेका छन् डडेल्धुराकै परशुराम नगरपालिका वडा नं- ३मा १ जना,वडा नं-४ मा २ जना, वडा नं-५मा १०जना वडा नं-६मा १ जना र वडा नं-७ मा ८ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।
यस्तै अजयमेरु गाउपालिका ४ जना कोरोना पोजेटिभहरु क्वारेन्टाईन मै रहेका अजयमेरु स्वास्थ्य शाखा प्रमुख हिक्मत बहादुर कठायले बताए । परशुराम नगरपालिकामा २२ जना कोरोना पोजेटिभ देखिएका मध्ये अधिकाँश व्यक्तिहरु पनि क्वारेन्टाईनबाट घर गै सकेको परशुराम नगरपालिका स्वास्थ्य शाखा प्रमुख हिक्मत धामीले बताए उनले भने परिगाउ क्षेत्रका व्यक्तिहरु क्वारेन्टाईनबाट घर फर्किसकेका छन ।
डडेल्धुरा जिल्लाका सवै स्थानीय तहहरुले आरडीटी पोजेटिभ देखिएका व्यक्तिहरुको स्वाव संकलन गरि क्वारेन्टाईनबाट घर पठाउदै आएका छन् । पीसिआर परिक्षणको रिपोट नआउदै स्थानीय तहहरुले घर पठाउदै गर्दा क्वारेन्टाईन बसेका परिवारका साथै छिमेकीहरुलाई समेत कोरोना संक्रमणको उच्च जोखिम बढ्दै गएको छ । यसरी पीसिआर परिक्षणको रिपोट नआउदै स्थानीय तहहरुले घर पठाउदै गर्दा जिल्लामा कोरोनाको उच्च जाखिम बढेको देखिएको छ ।
आरडिटी पोजेटिभ देखिएका व्यक्तिहरु क्वारेन्टाईनबाट गए पनि घरमा सुरक्षित तरिकाले बसीरहेका स्थानीय तहहरुका प्रमुखहरुको भनाइ रहेको छ । जिल्लामा ८४ जना संक्रमित देखिए संगै सदरमुकाम डडेल्धुरामा मानिसको भिडभाड बढेको छ । डडेल्धुरा जिल्ला कोरोना संक्रमणको उच्च जोखिम बढने संम्भावना हुदासमेत स्थानीय प्रशासनले चासो नदेखाएको गुनासो स्थानीय बासीको छ । प्रशासनले जतिबेला मनलाग्यो त्यतीबेला मात्र पसल तथा सवारी साधनहरु बन्द गर्ने गरेकाले स्थानीयबासी समस्यामा छन । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले आज सुरक्षा समितिको बैठक बस्दै छ । सुरक्षा समितिको बैठक जिल्ला सदरमुकाम सिल गर्ने प्रस्ताव लैजाने बताए । उनले भने ‘रिपोट आउन ढिला भयो क्वारेन्टाईनमा निश्चित समय पुरा गरेर गएका छन् र घरपरिवारहरुलाई पनि जोखिम त छ ।’
स्थानीय तहहरुलेआरडीटी पोजेटिभ भएका व्यक्तिहरु होम क्वारेन्टाईनमा सुरक्षित बसेको बताए पनि आरडीटी पोजेटिभ देखिएका व्यक्तिहरु पीसिआर रिर्पोट नआउदै खुलेयाम गाउघर,साथीभार्इहरु तथा बजारहरुमा घुमिरहेका छन् । यस बाट झन जोखिम बढने संम्भावना देखिन्छ ।
डडेल्धुरामा एकै दिन ८४ जनामा कोरोना देखिएपछि नेपाली काँग्रेस डडेल्धुराका सभापति एवम सुदुरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले चिन्ता व्यक्त गरेका छन जिल्लमा कोरोना संक्रमणको भयभह अवस्था आउन सक्ने भन्दै सचेत रहन आग्रह समेत गरेका छन । उनले भने केपी वलि नेतृत्वको केन्द्र सरकार र त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारले कोरोना माहामारी नियन्त्रण गर्नुको सट्टा संक्रमाण फैलाउन उदत देखिएको छ । सरकारले लकडाउन खुकुलोको नाउँमा जोखिम बढाएर आफ्नो निकम्मापन देखाएको सांसद मल्लले भने
स्थानीय तहहरुले क्वारेन्टाईनबाट घर पठाएका व्यक्तिहरु डडेल्धुरा जिल्ला सदरमुकामका पसलहरु खुलेसंगै पसलहरुमा किनमेल तथा बजारमा घुमघाम गरिरहेका छन् । पीसीआर रिपोट नआउदै आरडीटि पोजेटिभहरुलाई स्थानीय तहहरुले घर पठाउन कार्य ठिक नभएको उद्योग बाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले बताए । उनले भने ‘सरकारले नै घुमाउरो पारामा कोरोना रोग संक्रमण भएका व्यक्तिहरुलाई व्यवस्थापन गर्न नसक्ने गरि लक्षण नदिएका व्यक्तिहरुलाई होम क्वारेन्टाईनमा राख्ने गर्नु नै गलत रहेको छ ।’
उनको भनाई अनुसार स्थानीय तहहरुले कम्तीमा आरडीटी पोजेटिभ भएका व्यक्तिहरुलाई पीसिआर रिर्पोट आउदा सम्म क्वारेन्टाईनमा राख्नु पथ्र्यो । तर त्यस गर्न नसक्दा संक्रमण देखिएका व्यक्तिका परिवार मात्रै हैन डडेल्धुराका सवै नागरिक असुरक्षित भएका छन् । कोरोना परिक्षणको रिपोट नआउदै घर पठाउने कार्यले व्यापार व्यवसाय गर्ने व्यक्तिहरु पनि जोखिममा देखिएका छन् । यसरी जोखिम बढ्दै गए भोलिका दिनहरुमा दैनिक उपभोग्य वस्तुको आपुर्ति समेत बन्द हुने अवस्था सिर्जना नहोला भन्न सकिदैन र यसका लागी तीनै तहका सरकारहरुले ध्यान दिनु जरुरी रहेको समेत उद्योग बाणिज्य संघ डडेल्धुराका अध्यक्ष भट्टले बताए ।
यसरी जिल्लामा संक्रमितहरुको संख्या बढदै जाने हो भने जिल्लाका सातै स्थानीय तहहरुले प्रत्येक स्थानीय तहमा सय बेडको आइसोलेसन बनाउन जरुरी देखिन्छ ।