काठमाडौं, ६ असारः कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६१ हजार ८१३ पुगेको छ । कोरोनाबाट विश्वभर ८७ लाख ५० हजार ४१३ जना संक्रमित भएका डब्लु.एच.ओ. द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । यस्तै, ४६ लाख २० हजार ३५५ जना भने उपचारपछि निको भएका छन् ।
प्राप्त समाचार अनुसार कोरोना भाइरसका कारण बिरामी भएका हाल विश्वभरमा करिब ३७ लाख व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ६१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा एक लाख २१ हजार ४०२ जनाको मृत्यु भएको छ भने २२ लाख ९६ हजार ७९१ जना संक्रमित फेला परेका छन् ।
दक्षिण अमेरिकामा १६ लाख २९ हजार ६७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६६ हजार ९४२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २६ लाख १७ हजार ४७६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५१ हजार ७२ जनाको मृत्यु भएको छ ।
युरोपमा २२ लाख ७७ हजार ३६१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८५ हजार ४५० को मृत्यु भएको छ । एसियामा १७ लाख ८६ हजार १८० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४५ हजार ६६८ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा २ लाख ७९ हजार ४५२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७ हजार ४५६ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार २३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ४९ हजार ९ जनाको मृत्यु भएको छ भने १० लाख ३८ हजार ५६८ जना संक्रमित भेटिएको पुष्टि भएको छ ।पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।
इटालीमा ३४ हजार ५६१, स्पेनमा २८ हजार ३१५, फ्रान्समा २९ हजार ६१७, इरानमा ९ हजार ३९२, बेल्जीयममा ९ हजार ६९५, जर्मनीमा ८ हजार ९६०, नेदरल्याण्डमा ६ हजार ८१, टर्कीमा ४ हजार ९०५, स्वीजरल्याण्डमा १ हजार ९५६ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।
विश्वका २१३ मुलुकमा फैलिएको कोरोना संक्रमणबाट नेपालमा दिनप्रतिदिन संक्रमित थपिएका छन् । नेपालमा ८ हजार २७४ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने २२ जनाको मृत्यु भइसकेको छ । यस्तै, एक हजार ४०२ जना संक्रमित कोरोनामुक्त भएपछि डिस्चार्ज भएका छन् ।