काठमाडौँ, ७ असार: प्रधानमन्त्री ओलीले बेसार र अदुवाकाे मजाक नउडाउन आग्रह गरेका छन् । शरीरमा राेग प्रतिरोधी क्षमताकाे विकास गर्नमा बेसारजस्ता आयुर्वेदिक औषधिकाे प्रयाेग बढाउन आफूले गरेको आग्रहकाे मजाक नउडाउन आग्रह गरेका हुन्।
आइतबार अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले केही बुद्धिजीवीहरूले बेसारजस्ता औषधिजन्य पदार्थकाे मजाक उडाएकाेमा चित्त दुखाए ।
सनातन रूपमा हाम्राे भान्सामा प्रयोग हुँदै आएका बेसार, अदुवा, मेथीजस्ता औषधिजन्य मसला ऋषिमुनि र आयुर्वेदिक खोज एवं प्रयोगबाट प्रमाणित भएका हुनाले यसलाइ हल्का रूपमा नलिन अनुराेध गरे ।