धनगढी, १० असारः सेती प्रादेशिक अस्पताल डायलासिसमा ढिलाई हुँदा एक व्यक्तिको मृ’त्यु भएको छ । बैतडीको मेलौली नगरपालिका वडा नम्बर ३ का ४७ वर्षीय पुरुषको मंगलबार राति मृ’त्यु भएको हो ।
‘सेती अस्पताल ल्याएपछि डायलासिस गराउन चिकित्सकहरुले सुझाव दिएका थिए’ मृतकका आफन्तले भने, ‘कोरोना परीक्षण नहुँदासम्म डायलासिस गर्न मिल्दैन भने । तर तीन दिनसम्म कोरोना परीक्षण नै भएन मंगलबार राति मृ’त्यु भयो ।’
सेती प्रादेशिक अस्पतालका अनुसार मंगलबार साँझ कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । सेती अस्पतालमा डायलासिस वार्ड सञ्चालन गर्दै आएको वीरगं हेल्थ केयरका व्यवस्थापक दीपक भट्टले भने डायलासिस गराउन पर्ने जानकारी मंगलबार मात्रै आएको बताए ।
‘भारतबाट आएका व्यक्तिसँग पनि सम्पर्क भएको देखिएकाले पीसीआर जाँच गराउन भनेका हौँ’ सेती प्रादेशिक अस्पतालका डा. शेरबहादुर कमरले भने, ‘अस्पतालमा ल्याएपछि सुरुवातदेखि नै डायलासिस गराउन आग्रह गरिएको हो ।’