काठमाडौं, १२ असारः एमसीसी सम्झौताको विरोधमा नुवाकोटका विद्यार्थीहरु सडक आ’न्दोलनमा उत्रिएका छन् ।
सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियु सहित नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ लगायतका अन्य विद्यार्थीहरुले एमसीसी नेपालको हितमा नरहेको भन्दै र यसको खारेजीको माग गर्दै आ’न्दोलनमा उत्रिएका हुन् ।
राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, एमसीसी सम्झौता खारेज गरौँ भन्ने नाराका साथ सुरु गरिएको आन्दोलन एमसीसी खारेज नभएसम्म निरन्तर जारी रहने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।