काठमाडौं, १२ असारः पछिल्लो २४ घण्टामा काठमाडौँमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका तीन जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।