काठमाडाैँ, १३ असारः गण्डकी प्रदेशमा शनिबार बिहानै १२ महिने शिशुसहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी स्याङ्जाका थिए । उनीहरुमा १२ महिने शिशुसहित २२ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
कोरोना पोजेटिभ देखिएका शिशु अर्जुनचौपारी गाउँपालिकाका हुन् । उनी अहिले क्वारेन्टिनमै रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । कोरोना संक्रमित १२ महिने शिशु बुवा-आमासहित जेठ ३१ गते दिल्लीबाट नेपाल आएको पाइएको छ ।