कठमाडाैँ, १३ असारः नेपालमा थप १ जना काेराेना संक्रमितकाे मृ’त्यु भएकाे छ । चितवनको भरतपुर अस्पतालको आइसियू कक्षमा रहेका कैलालीका एक पुरुषकाे मृ’त्यु भएकाे हाे ।
कैलालीकाे गोदावरी नगरपालिका ७ का ५० बर्षिय पुरुषको विहान ९ बजे मृ’त्यु भएको अस्तपालले जनाएको छ। उनि क्यान्सरका विरामी थिए। चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहिबार राती कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा लगिएको थियो।
हिजो दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि र उनलाई आइसोलेशन वार्डबाट आइसियूमा सारिएको अस्पतालले बताएको छ।
योसँगै सुदूरपश्चिममा मृ’तकको सङख्या ६ पुगेको छ भने नेपालमा कोरोनाबाट मृ’त्यु हुने संख्या २८ पुगेको छ।