रोल्पा, १४ असार: रोल्पामा आज ‘आइतबार’ थप एक जनामा कोरोना ‘कोभिड-१९’को संक्रमण पुष्टि भएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको परिक्षणमा एकजना पुरुषमा कोरोना ‘कोभिड-१९’ पोजिटिभ देखिएको हो। योसँगै रोल्पामा कोरोना संक्रमित व्यक्तिहरुको सङ्ख्या ४५ पुगेको छ।
कोरोनाको आशङ्कामा रोल्पामा हालसम्म ३७ हजार ३ सय ३५ जनामा सामान्या कोरोना परिक्षण गरिएको छ। १ हजार २ सय ९ बेड सङ्ख्या रहेको क्वारेन्टाइनमा ३३ जना महिला र ३३५ जना पुरुष गरि जम्मा ३७८ जना क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जानकारी दिएको छ।
नेपालमा आइतबार थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।