satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

प्रश्नअघि नै ओलीको चेतावनीयुक्त जवाफ

सत्कार पोष्ट सत्कार पोष्ट
असार १४, २०७७ मा प्रकाशित
397
प्रश्नअघि नै ओलीको चेतावनीयुक्त जवाफ

काठमाडौँ, १४ असारः जननेता मदन भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपालको राष्ट्रिय हितको पक्षमा आफू दृढता पूर्वक उभिएकाले पदबाट हटाउन पार्टीभित्र र भारतीय पक्ष लागेको दाबी गर्दै कार्यकर्ता तथा जनताको साहनुभुति लिने प्रयास गरेका हुन्।

नेकपाको जारी स्थायी समिति बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षले राजीनामा माग्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाउने प्रयास भए पनि असफल हुने दाबी गरेका छन्।

प्रधानमन्त्री ओलीको कार्यशैली र सरकारको कामकारबाहीप्रति आलोचना गर्दै दाहाल–नेपाल पक्ष आक्रामक रुपमा प्रस्तुत हुने तयारी गरिरहेका बेला ओलीले त्यसअघि नै आफूलाई हटाए ‘देशको हितमा बोल्ने कुनै प्रधानमन्त्री नहुने’ चेनावनी दिएका हुन्।

ओलीले मदन भण्डारीको असल विचारलाई आफूले नै अंगिकार गरेकाले उनीप्रति कार्यकर्तामा रहेको भावनात्मक सम्बन्धलाई तान्ने कोसिस गरे।

बुधबार सुरु भएको स्थायी समिति बैठक तीन दिन बसेर १६ गतेसम्मका लागि स्थगित भएको छ। मंगलबारदेखि स्थायी समिति बैठकमा सरकारले कोरोना नियन्त्रणका लागि गरेको प्रयासबारे छलफल गर्ने कार्यसूची तय भएको छ। आफूले देशको अतिक्रमित भूमी समेटेर संविधान संशोधन र नक्सा सार्वजनिक गर्ने काम गरेकाले त्यसको परिणाम स्वरुप पदबाट हटाउने खेल भइरहेको दाबी गरेका हुन्।

जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तीका अवसरमा तस्विरमा माला लगाउँदै प्रधानमन्त्री ओली। तस्वीर : रासस
ओलीले आइतबार दिउँसो बालुवाटारमा आयोजित कार्यक्रममा भने, ‘बहस चलेको छ, अहिल्यै केपी ओलीलाई नहटाइ हुँदैन भनेर। नक्सा सार्वजनिक गर्ने, संविधान संशोधन गरेर ओलीले अपराध गर्यो। भित्रभित्रै नहटाइ भनेर लागेको देखिन्छ। दिल्लीका सञ्चार माध्यम हेर्नुहोस्, के के भइरहेको छ, थाहा पाइहाल्नु हुन्छ।’

उनले नेपालमै होटल र दूतावासका गतिविधिले पनि आफूलाई पदबाट हटाउने प्रयास भइरहेको पुष्टि गरेको उल्लेख गरे। ओलीले दाहाल–नेपाल पक्ष र भारतीय पक्षलाई एकैपटक जवाफ दिँदै आफूलाई पदबाट हटाउने सपना नदेख्न चेतावनी दिए।

‘नेपालको भूभाग नक्सामा समेटे बापत केपी ओलीलाई पदबाट हटाइ हाल्छु भनेर कसैले नसोचे पनि हुन्छ। आजको नेपालको राष्ट्रिय एकता त्यति कमजोर छैन। त्यसकारण यो भ्रम हो, ओलीले अगाडि भने, ‘कोसिस गर्नेलाई गर्न दिउँ, यो हिजोको जस्तो होइन। हतार नगरे पनि हुन्छ। कसैले आग्रह नपाले पनि हुन्छ।’

नेकपाको संसदीय दल आफूलाई हटाउने कच्चा खेलमा नलाग्ने भन्दै ओलीले दाहाल–नेपाल पक्षलाई फकाउन समेत खोजेका छन्। ‘हाम्रो पार्टी, संसदीय दल यति नबुझ्ने छैन। कच्चा खेल खेल्ने छैन। यसको अगुवाइमा अहिलेका परिवर्तनहरु भएका छन्। किन भने यसका पछाडि जननेता मदन भण्डारीका विचारहरु छन्, त्यसबाट निर्देशित भइरहेका छन्, ओलीले भने।

उनले आफूलाई प्रधानमन्त्री भइरहन रहर नभए पनि राष्ट्रहित पक्षमा अरु कसैले अडान लिन नसक्ने दाबी गरे। ओलीले भने, ‘मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहने रहर छैन। यति बेला म हटे भने नेपालको पक्षमा बोल्ने आँट अरु कसैले गर्ने छैन। भोलिपल्ट बर्खास्त हुन्छ। त्यसैले आजका लागि होइन, भोलिका लागि, आफ्ना लागि होइन देशका लागि हो।’

प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहितको भूभाग संविधान समेटेपछि रुष्ट बनेको भारतलाई पनि जवाफ दिए।

‘भुलचुकमा नक्सा छापिएको होइन। कतिपय मान्छेले मलाई भने यो पोइन्ट अफ नोट गरेको छु। यो पोइन्ट अफ नोट नै हो किनभने हामी यसबाट पछाडि फर्किदैनौं। यसमा पोइन्ट अफ रिटन राख्ने कुरै छैन, उनले अगाडि भने, ‘पोइन्ट अफ नोट हामीलाई हाम्रो भूमी चाहियो, फिर्ता नलिइ छाड्दैनौं।’

नेपालले लिम्पियाधुरा, लिपुलेक कालापानीसहितको भूभाग समेटेर नक्सा सार्वजनिक गरेर भारतीय परराष्ट्र मन्त्रालयले ‘नोट गरेको’ प्रतिक्रिया दिएको थियो।

उनले मदन भण्डारीको विचारले विश्व कम्युनष्टि आन्दोलनलाई नै नयाँ उचाइमा पुर्याएको दाबी गरे। विश्वभर कम्युनिष्ट आन्दोलनको गड र किल्लाहरु भत्किरहेका नेपालमा भने भण्डारीले अघि सारेको विचारले सफलता पाएको ओलीले दाबी गरे।

Related Posts

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने
प्रदेश

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

by सत्कार पोष्ट
बैशाख २५, २०७९
0

जाजरकोट २५ बैशाख: बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस र ने.क.पा. माओवादी केन्द्र बिच गठबन्धन गरि निर्वाचनमा...

कर्ण मल्लको देउवालाई  प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

बैशाख २४, २०७९
वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

बैशाख ६, २०७९
देउवालाई गृहजिल्लामै सकट सबै पालिकामा गठबन्धनविरुद्ध कांग्रेसबाटै ‘बागी’

देउवालाई गृहजिल्लामै सकट सबै पालिकामा गठबन्धनविरुद्ध कांग्रेसबाटै ‘बागी’

चैत्र ३०, २०७८

भर्खरै

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

Read more
शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

बैशाख २५, २०७९
कर्ण मल्लको देउवालाई  प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

बैशाख २४, २०७९
वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

बैशाख ६, २०७९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.