डडेल्धुरा, १५ असार : सुदुरपश्चिम प्रदेशका छ पहाडी जिल्लामा संञ्चालित पर्वतिय जलाधारहरुको जलवायु परिवर्तन सामानुकुलन आयोजना डडेल्धुराको चरम लापरवाहीका कारण आर्थीक वर्ष २०७६/०७७ को करोडौँको कार्यक्रम बजेट काम नगरि फिर्ता जानेभएको छ । बैतडी डोटी अछाम र बाजुरा जिल्लामा यस वर्ष कार्यक्रम संञ्चालन गर्न सामुदायिक बिकास समुह संग गत फागुनमा सम्मझौता गरि कार्यआदेश समेत आयोजना कार्यान्वयन इकाइ साफेबगर अछामले गरेको थियो ।
सामुदायिक बिकास समुहहरुले सम्मझौता अनुसारको कामकाज गरि सकेपनि अहिले आएर आयोजना कार्यान्वयन इकाइ साफेबगर अछामका प्रमुख रामकृष्ण राजथलाले भुक्तानी गर्न आनाकानी गरिरहेका छन । इकाइ प्रमुख राजथलाको निजी स्वार्थका कारण रकम भुक्तानी नभएको सामुदायिक बिकास समुहका अध्यक्षहरु भनाइ छ । आयोजना कार्यान्वयन इकाइ अछामका प्रमुख राजथलाले गत फागुनमा सम्मझौता गरि कार्यआदेश समेत दिएर फिल्डमा प्राबिधिकहरु खटाइ काम सुरु गराएका थिए । अहिले आएर बिना जानकारी काम गरेको रकम फ्ररीज गर्न खोजीरहेका छन । सामुदायिक बिकास समुह संग सम्मझौता गरि सकेपछि आज सम्म काम नगर्नु भनेर आयोजनाका कर्मचारीहरुले जानकारी गराएका छैनन् । आयोजना कार्यान्वयन इकाइ अछामका प्रमुख राजथलाले एशियाली बिकास बैकले नै यस बर्षको काम नगर्न भनेको छ भनेर सामुदायिक बिकास समुहका अध्यक्षहरुलाई बताइरहेका छन ।
लकडाउनको बेला कामै नगरि अछाम र बाजुराका दुर्गम क्षेत्रतिरका ११ वटा उप आयोजनाहरुको बिल भुक्तानी गर्न लागेको र ६९ वटा सामुदायिक बिकास समुह अन्तरगतका उप आयोजनाहरुको काम हुदैन भनेर आयोजना कार्यान्वयन इकाइ अछामका प्रमुख राजथलाले बिल भरपाइ बनाएर करोडौ भ्रष्टाचार गरेको छ । सामुदायिक बिकास समुहका अध्यक्षहरुले आयोजना कार्यान्वयन इकाइ अछामका प्रमुख राजथलाले हामीलाइ कर्जाका हाल्नु भयो, आयोजनाको कामका लागी मान्छे लगाएर स्थानिय सामाग्री संकलन गरे, पाइप लाइन खन्ने र खाल्डो खन्ने यसको पैसा कहाबाट तिर्ने हो । हाम्रो काम गरेको पैसा भुक्तानी नगरे अख्तियारमा मुदा हाल्ने शिवलिङ्घ सामुदायिक बिकास समुहका सचिव केशव बोहराले भने ।
पर्वतिय जलाधारहरुको जलवायु परिवर्तन सामानुकुलन आयोजना २०१४ जनवरी २० बाट शुरु भएको थियो । यस आयोजनालाई एशियाली बिकास बैक मार्फत जलवायु लगानी कोषको २३.५३७ मिलियन अमेरकिी डलर,नोर्डिक बिकास कोषको ४.६३ मिलियन अमेरकिी डलर अनुदान तथा नेपाल सरकारको तर्फबाट १.९४ मिलियन अमेरकिी डलर समेत गरि आयोजनाको कुल बजेट ३०.११ मिलियन अमेरकिी डलर रहेको छ । यो आयोजना २०२० जनवरी ३१ मा समाप्त हुने भनेपनि २०२० जुलाइ १५ मा सकिदै छ ।