काठमाडौँ, १७ असार नेपालमा आज ‘बुधबार’ थप ४ सय ८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११७ महिला र ३ सय ६५ पुरुष गरी ४ सय ८२ जना सङ्क्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या १४ हजार ४६ पुगेको छ । जसमा एक हजार ७ सय ७४ महिला र १२ हजार २ सय ७२पुरुष रहेका छन् ।
त्यस्तै कोरोना सङ्क्रमणको कारण नेपालमा ज्यान गुमाउनेको सङ्ख्या ३० रहेको छ ।