काठमाडौँ, २० असारः शुक्रबार चन्दागिरि नगरपालिकामा थप १० जनामा कोरोना संक्रमण देखिएसँगै काठमाडौँमा खतराको संकेट देखिएको छ । नगरपालिकाको मातातिर्थस्थित जनविकास विद्यालयको क्वारेन्टाइनमा बसेको ४ जना र बाहिर देशबाट आएका ६ जनामा कोभिड –१९ संक्रमण पुष्टि भएको नगरप्रवक्ता स्वस्थ्य तथा जनसङ्ख्या मन्त हरिभक्त महर्जनले बताए ।
स्थानीय चप्पल फ्याक्ट्रीमा काम गर्न दाङ, सिन्धुली, अर्घाखाँची र काभे्रबाट असार ५ गते आएका ३१, ५३, ४२ र २९ वर्षीय पुरुषमा कोरोना पुष्टि वडा नं। ८ का अध्यक्ष सन्तोष खड्काले जानकारी दिनु भएको हो।
बाहिर देशबाट आएका ६ जना संक्रमित अरु देशबाट आएको र उनीहरुको खोजी भइरहेको उनले बताए । क्वारेन्टाइनमा ४ जना संक्रमित बलम्बुस्थित कोभिड–१९ अस्पतालमा पुर्याइसकेको उनले बताए ।
काठमाडौँमा संक्रमित बढेकाले अत्यवश्यक काम बाहेक बाहिर ननिस्कन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।