पोखरा, २० असारः गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै प्रदेशको कुल संक्रमित संख्या १ हजार ७९ पुगेको छ ।
निर्देशनालयका अनुसार पोखरा महानगरपालिकामा २ पुरुष थपिएका छन् ।
यस्तै बागलुङको बरेङ र ढोपाटनमा पनि २ पुरुष संक्रमित थपिएका छन् । यसैगरी म्याग्दीको रघुगंगामा २ र मंगलामा १ गरि ३ पुरुष संक्रमित थपिएका छन् ।
त्यस्तै, स्याङ्जाको पुतलीबजारमा एक पुरुष, तनहूँको भिमादमा १ पुरुष र नवलपुरको देवचुलीमा ५ पुरुष र २ महिला गरि ७ जना नयाँ संक्रमित थपिएका छन् ।
शनिबार बिहान मात्रै गोरखामा एक पुरुषले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यसअघि स्याङ्जाका दुई संक्रमितले ज्यान गुमाइसकेका थिए ।