काठमाडौँ, २० असारः नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ३३ पुगेको छ ।
गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका –७ निवासी ४४ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । ती पुरुष कतारबाट आएका थिए ।
कतारबाट आएपछि क्वारिन्टनमा बसेका उनमा कोरोना संक्रमण पुष्टि भएकोमा उपचारका क्रममा मृत्यु भएको हो । उनी मधुमेहका रोगी समेत रहेको गोरखा अस्पतालले जनाएको छ ।