काठमाडौँ, २० असारः नेपालमा कोरोना भाइरसबाट थप २ जनाको मृ’त्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ३४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटारका एक र रुपन्देहीका एक जनाको कारोनाका कारण मृ’त्यु भएको हो।
गोरखाको पालुङटार ७ का ४४ वर्षिय पुरुषको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको मन्त्रालय प्रवक्ता डा। जागेश्वर गौतमले बताए। असार १७ गते कतारबाट आएका उनी पालुङटारकै क्वारेन्टिनमा बसेका थिए। १८ गते स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकोमा शुक्रबार पोजेटिभ देखिएको थियो। उनी मधुमेहका दिर्घरोगी रहेको र निमोनिया देखिएपछि गोरखा अस्पतालमा भर्ना गरिएको थियो।
यस्तै रुपन्देही दवदहका ७५ वर्षका वृद्धको पनि कोरोनाका कारण मृ’त्यु भएको प्रवक्ता डा। गौतमले बताए।
क्षयरोगका विरामी उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए। उपचारकै क्रममा उनको असार १८ गते मृ’त्यु भएको हो। असार १८ गते मात्रै कोरोना पुष्टि भएको थियो।