काठमाडौं, २१ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिनसम्म देश र जनताको लागि गरेका उल्लेखनीय कामहरु धेरै रहेका छन्। उनी वि. सं. २०७४ फागुन ३ गते प्रधानमन्त्री पदमा नियुक्ति भएका थिए। इतिहासकै बलियो सरकारको रुपमा बागडोर समाल्दै आएका प्रधानमन्त्री ओलीले आजसम्म आइपुग्दा धेरै आरोह अवरोहहरु पार गरिसकेका छन्। आफ्नो पार्टीबाट सहयोग नहुँदा स्थायी कमिटीको बैठक पनि फेरबदल हुनुका साथै प्रधानमन्त्री ओली समस्यामा गुज्रिएका छन्।
परिमाणात्मक रुपमा ओली सरकार बलियो देखिए पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालबाट सहयोग नहुँदा सरकारले क्षमता अनुसार काम गर्न नसकेको प्रष्ट देख्न सकिन्छ। निर्मला हत्या प्रकरण, चौरजहारी हत्या प्रकरण, कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागि खर्च गरिएको दश अर्ब जस्ता घटनाहरूले सरकार आलोचित बन्दै आएको छ।
अहिलेसम्म ओली सरकारले राम्रा भन्दा नराम्रा कामहरु धेरै भएको आरोप लगाउने जमातको कमि देखिदैन् । साथमा ओली सरकारको गुणगान गाउँने जन्ताको जमात पनि कम नरहेको प्रष्ट देख्न देखिन्छ । ओली सरकारबाट यहाँसम्म आउँदा राम्रा र नराम्रा दुबै कामहरु भएका छन्। ओली नेतृत्व सरकारले गरेका उदाहरणीय १२ कामहरु
१. नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी
२. संविधान संशोधन
३. सिके रावतलाई राजनीतिको मूल धारमा ल्याउन सफल
४. ७० कि.मी. पेट्रोलियम पाइपलाइनको विस्तार
५. प्राकृतिक विपत्ति टोर्नेडोको समाधान
६. ३० बर्षपछि चिनियाँ राष्ट्रपति सी जिन पिङको भ्रमण सम्पन्न
७. १३औं साग आयोजना सम्पन्न गरिएको
८. भूकम्पपछि पुनर्निर्माण गर्न सफल भएको
९. डोइङ बिसनेज इन्डेक्समा नेपालको स्थिति सुधार
१०. ललिता निवास जग्गा प्रकरण छानबिन
११. राष्ट्रिय स्वाभिमानको रक्षा साथै भारतीय सीमा सुरक्षा क्षेत्रमा सुरक्षा पोस्ट स्थापना
१२. चीनसँग पारवहन सम्झौता गर्न सफल