काठमाडौं, २१ असारः नेपालमा थप २९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २९३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार ७८४ पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म छ हजार ५४७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।