काठमाडौँ, २६ असारः भारतको राजस्थान क्षेत्रबाट फैलिएको सलहको ठूलो झुण्ड नेपालतिर प्रवेश गर्ने गरी अघि बढेको छ । नेपालमा सक्रिय हुन नसकेको सलह कीरा भारतमा भने सक्रिय छ । हावासँगै सलहको ठूलो झुण्ड नेपालतिर प्रवेश गरेको पाइएको छ ।
सलह नेपाल भित्रिन अघि बढेपछि तराई तथा भित्री मधेशका भूभागहरुमा विशेष सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ। भारतको सीतापुर तथा साहजाहाँपुर क्षेत्रबाट सलह नेपाल आउन सक्स्ने अनुमान गरिएको छ ।
भारतको राजस्थानबाट दक्षिण पश्चिमी बायुको प्रभाव बढ्दै जाँदा राजस्थानमा रहेका सलहका झुण्डहरु भारतको हरियाणा, मध्य प्रदेश, उत्तर प्रदेश तथा छत्तिसगढतर्फ अगाडि बढ्न सक्ने अनुमान गरिएको छ ।