काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरुले ‘खुर्सानी पिरो हो केपी ओली हिरो हो’ भन्दै आज पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
भारतीय टेलिभिजन च्यानलहरुमा अपमानजनक समाचारहरु सम्प्रेषण भएपछि झनै आक्रोशित बनेका ओलीका समर्थकहरुले ब्याक अफ इण्डिया नारा लगाउँदै भारतविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
‘खुर्सानी पिरो हो केपी ओली हिरो हो’ भन्दै नाराबाजी गरेका ओलीका समर्थकहरुले सत्तारुढ नेकपा भित्र देखिएको विवाद भारतीय षडयन्त्रको उपज भएको आरोप समेत लगाएका छन् ।
झरीको बिचमा प्रदर्शनमा उत्रिएका ओलीका समर्थकहरुले स्थायी सरकारको हुने पर्ने नारा लगाउँदै ओलीलाई पाँच बर्ष प्रधानमन्त्री चलाउन दिन समेत माग गरेका छन ।
‘आज होइन भोलिलाई पाँच वर्ष ओलीलाई नारा लगाउँदै ओलीका समर्थकहरुले देश जटिल अवस्थामा रहेकोले नेकपाको एकता भङ्ग नगर्न समेत आग्रह गरेका छन् ।