satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

वर्तमान समयमा कृषि क्षेत्रमा आइ.पि.एम. को महत्त्व र प्रयोग

सत्कार पोष्ट सत्कार पोष्ट
असार २६, २०७७ मा प्रकाशित
718
वर्तमान समयमा कृषि क्षेत्रमा आइ.पि.एम. को महत्त्व र प्रयोग

परिचय:
आइ.पि.एम. अर्थात इन्टेग्रेटेड पेस्ट म्यान्यजमेन्ट (एकीकृत शत्रुजीव व्यवस्थापन) हो। यसलाई विभिन्न रुपमा परिभाषित गर्न सकिन्छ । नेपालमा आइ.पि.एम. को शुरूवात सन् १९९७ (बि.सं.२०५४) सालदेखि भएको हो ।

नेपालमा सर्वप्रथम आइ.पि.एम. विधिको प्रयोग चितवन जिल्लामा धान बालीमा गरिएको थियो। “बालीनाली, बोटबिरुवाको शत्रुहरु जस्तै रोग, किरा, फट्यांग्रा, झारपातलगायत विभिन्न समस्याहरुको निवारण गर्न यो विधि अपनाइएको हो । आर्थिक रुपले न्यायपूर्ण, वातावरणीय तथा समाजमा स्वीकार्य रुपले कसैलाई असर नपर्ने गरि विभिन्न विधिहरुको छनोट गरि यस्तो समस्याहरु को समाधान गर्नु एकीकृत शत्रुजीव व्यवस्थापन हो।

एकीकृत शत्रुजीव व्यवस्थापन एउटा यस्तो विधि हो, जसमा रसायनको प्रयोग एकदमै कम अथवा अर्थपूर्ण रुपले भएको हुन्छ । जसले गर्दा वातावरण र मानव स्वास्थयले सबैलाई जोगाउन एकदमै ठूलो भूमिका निर्वाह गरेको हुन्छ।

वर्तमान अवस्थामा आइ.पि.एम. को महत्वः
परिचयमा उल्लेख भए झैं यो एउटा यस्तो विधि हो, जसले पृथ्वीको पर्यावरणीय दिगो अवस्थालाई सन्तुलन कायम गर्ने र मानव स्वास्थ्यलाई पनि कुनै असर नपार्ने वैज्ञानिक विधि हो। आजको समयमा यस विधिको धेरै महत्त्व छ।

सामान्यतया, हामीले हाम्रो गाउँ, समाज, घरमा देख्ने गर्छौ कि एउटा सानो समस्याको लागि पनि बालीनालीमा एकदमै विषादी प्रयोग भैरहेको हुन्छ । जसले गर्दा हाम्रो, मानव स्वास्थ, वातावरणमा निकै नकारात्मक असरहरु पारेको हुन्छ। अझ प्राय जसो किसानहरुलाई त विषादी भनेकै थाहा हुदैन, विषलाई औषधीको रुपमा मान्यता दिई रहेका हुन्छन् ।

उनीहरुलाई विषादी प्रयोग गर्ने भन्ने त थाहा हुन्छ तर प्रयोग गरि सकेपछि कुन बालीमा कुन विषादीको लागि कति समय पर्खनु पर्छ भन्ने ज्ञान हुदैन । र, त्यस्ता कमोडिटीको प्रयोगबाट हाम्रो स्वास्थमा विभिन्न समस्याहरु देखा पर्दछ्न्। यी यस्तै कारणले हाम्रो रोग प्रतिरोधात्मक क्षमता घटदै जानु नै अनुचित रुपले विषादी प्रयोग हुनु हो। यसको मुख्य कारण कृषि प्रसारको कमि मान्न सकिन्छ । यसका लागि कृषकलाई दक्ष बनाउन सचेतनासँगै नियमित विज्ञहरूबाट नियमित अनुगमन र परामर्श हुनुपर्छ ।

वातावरणमा यस्ता कतिपय किराहरु हुन्छन्, जसले हाम्रो वातावरणलाई सन्तुलन राख्न ठूलो भूमिका खेलेको हुन्छन । त्यस किसिमका किराहरु लोप हुनुको मुख्य कारण अर्थहीन रुपले विषादीको प्रयोग हो । अर्को तिनीहरुलाई चिन्न नसक्नु पनि हो । जसले गर्दा वातावरण असन्तुलन भैरहेको छ। बालीनालीमा अत्यधिक विषादीको प्रयोगबाट मानव स्वास्थमा विभिन्न किसिमका रोगहरु देखा परिरहेको छन् । जस्तै, रगत क्यान्सर, छाला क्यान्सर, शरीर अपाङ्ग हुनु, एलर्जी हुनु आदि । यदि यसै गरि उच्च रुपमा विषादीको असुरक्षित रूपमा प्रयोग हुँदै जाने हो भने विभिन्न किसिमका नयाँ रोगहरु नआउला भन्न सकिन्न । जसले गर्दा कुनै दिन मानव अस्तित्व नै मेटिन सक्ने खतरा बढेर गएको छ ।

विषादीयुक्त खानाको प्रयोगबाट दिनदिनै कैयौँ मानिसहरु मरिरहेका छन् । डरलाग्दो समस्याबाट बच्च हामीले पहिले नै विचार पुर्याउन जरुरी छ । यस्ता किसिमका समस्याबाट बच्न वा समस्यालाई न्यून गराउन हामीले कृषि प्रसार पद्धतिलाई प्रभावकारी बनाउँदै कृषकलाई दक्ष बनाउन एकीकृत शत्रुजीव व्यवस्थापन प्रणाली अपनाउनु सबैभन्दा उत्तम उपाय हो ।

समस्या समाधानमा सबै भन्दा ठूलो भूमिका किसानको रहने हुँदा किसानलाई दक्ष बनाउन जरुरी छ। “किसान दक्ष भए हामी स्वस्थ रहन्छौ” भन्ने कुरालाइ हामीले आत्मसात गर्न जरूरी छ। यस विधिले हामीलाई विभिन्न कुराहरु सिकाउँछ। यस विधिले हामीलाई रसायनको प्रयोग घटाउन मद्दत गर्ने, वातावरण संरक्षण गर्न मद्दत गर्ने तथा मानव स्वास्थमा ठूलो भुमिका खेल्छ । बाली उत्पादन खर्चलाई मितव्ययी बनाउने र उत्पादनमा वृद्धि गर्न सघाउँछ ।

आइ.पि.एम. का मुख्य सिद्धान्तहरुः

खासमा, यसको मुख्य चार सिद्धान्तहरु छ्न ।
१. स्वस्थ बाली उत्पादनः यस सिद्धान्तले स्वस्थ बाली उत्पादन गर्ने भन्ने सिकाउँछ, जहाँ रसायनको प्रयोग कमै मात्रामा भएको हुन्छ। स्वस्थ बाली उत्पादनले मानव स्वास्थ हुन्छ र वातावरण पनि स्वस्थ हुन्छ।

२. खेतबारीमा नियमित अवलोकनः खेतबारीको नियमित अवलोकनले हामीले बालीलाई कुन बेला कुन रोग किरा लाग्यो भनेर थाहा पाउन सक्छौँ र वातावरणलाई असर नहुने गरि समयमै उपचार गर्न सक्छौँ।

३. मित्र जीवको संरक्षणः मित्र जीवको संरक्षण गर्नु यसको मुख्य सिद्धान्त पनि हो। मित्र जीव हाम्रो लागि फाइदाजनक हुन्छ । यसले वातावरण सन्तुलन राख्न र रोग किरा नियन्त्रण गर्न ठूलो भुमिका खेल्छ।

४. कृषकलाई काममा स्वयम् दक्ष बनाउनुः यसको एक सिद्धान्त भन्नु नै कृषकलाई दक्ष बनाई स्वस्थ बाली उत्पादन गर्नु हो।

एकीकृत शत्रुजिव व्यवस्थापनका विधिहरुः

यो विधि २ तरिकाबाट अपनाउन सकिन्छ,

१) रोगकिरा लाग्नु भन्दा पहिले ।

२) रोगकिरा लागिसके पछि ।

एकीकृत शत्रुजिव व्यवस्थापनका तरिकाहरु निम्न छन् ;
१) रोगकिरा अवरोधक जातहरु लगाउन सकिन्छ, जसमा रोगकिराले एकदमै कम हानी नोक्सानी गर्न सक्छ।
२) भौतिक तरिकाः
* तापक्रम घटबढ गराउने
*हावाको मात्रा घटाइ रोगकिरा नियन्त्रण गर्ने
३) यान्त्रिक तरिका
*बिरुवालाई प्लास्टिकले छोप्ने
* हातले टिपेर संक्रमित भाग नष्ट गर्ने
* फललाई जालीले छोप्ने
४) कृषि कर्ममा आधारितः
घुम्ती बाली प्रणाली अपनाउने, पासोको व्यवस्था गर्ने, बिरुवाको दुरि मिलाउने, सरसफाई, खनजोत, सिंचाई र निकासको व्यवस्था गर्ने, समयमा बाली भित्र्याउने ।
५) जैविक तरिकाः
परजीवी एवम् शिकारी किराका साथै विभिन्न जीवाणु जस्तै ब्याक्टेरिया ९द्यबअष्ििगक तजगचष्लनष्भलकष्क०, फङग्स, भाइरस ९ल्गअभिबच उयथिजभमचयकष्क खष्चगक० र निमाटोडको प्रयोग गर्न सकिन्छ।
६) आकर्षक ट्रापरफेरोमेन को प्रयोगः
*ट्रापहरुः लाइट ट्राप, एलो स्टिकी ट्राप, स्टेनर ट्राप, फनेल ट्राप आदि।
*ल्युरहरुः मिथाइल युजिनल, क्युलियर, हेलि ल्युर, स्पोडो ल्युर आदि प्रयोग गर्न सकिन्छ।
७) कानूनी तरिकाः
कानूनी रुपमा प्रतिबन्धित जातलाई आयात र निर्यातमा बन्देज गर्ने।
८) रसायनिक तरिकाः
यदि माथिका कुनै पनि विधिबाट नभए उपयुुक्त विषादीको सावधानी पूर्वक प्रयोग गर्ने।

Related Posts

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने
प्रदेश

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

by सत्कार पोष्ट
बैशाख २५, २०७९
0

जाजरकोट २५ बैशाख: बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस र ने.क.पा. माओवादी केन्द्र बिच गठबन्धन गरि निर्वाचनमा...

कर्ण मल्लको देउवालाई  प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

बैशाख २४, २०७९
वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

बैशाख ६, २०७९
देउवालाई गृहजिल्लामै सकट सबै पालिकामा गठबन्धनविरुद्ध कांग्रेसबाटै ‘बागी’

देउवालाई गृहजिल्लामै सकट सबै पालिकामा गठबन्धनविरुद्ध कांग्रेसबाटै ‘बागी’

चैत्र ३०, २०७८

भर्खरै

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

Read more
शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

बैशाख २५, २०७९
कर्ण मल्लको देउवालाई  प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

बैशाख २४, २०७९
वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

बैशाख ६, २०७९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.