काठमाडौँ, ३० असारः नेपालमा आज ९सोमवार० थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६१ पुगेको छ ।
नेपालमा सबै भन्दा धेरै कोरोना संक्रमित प्रदेश नं २ मा रहेका छन् । प्रदेश नं २ मा हालसम्म ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जुन नेपालमा सबै भन्दा धेरै हो ।
प्रदेश नं ५ मा हालसम्म सबै भन्दा कम ४ हजार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तो छ कोरोना संक्रमितको प्रदेशीक विवरण स्
प्रदेश नं १ – ७ सय ७५ जना
प्रदेश नं २ – ४ हजार ३ सय ९२ जना
वाग्मती प्रदेश – ८ सय २१ जना
गण्डकी प्रदेश – १ हजार २ सय ७८ जना
प्रदेश नं ५ – ४ हजार ९२ जना
कर्णाली प्रदेश – १ हजार ७ सय ४७ जना
सुदूरपश्चिम प्रदेश – ३ हजार ९ सय ५६ जना
नेपालमा बितेको २४ घण्टामा देशभरका विभिन्न २५ वटा प्रयोगशालाबाट ४ हजार ३ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । जसबाट १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनका अनुसार नेपालमा हाल २४ हजार ७ सय १६ जना मानिसहरु क्वारेन्टाइनमा रहेका छन् । बितेको २४ घण्टामा ३४ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । यो सँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ ।
यो भनेको कुल संक्रमितको ६० दशमलव ५३ प्रतिशत रहेको प्रवक्ता गौतमले नियमित प्रेस ब्रिफिङ मार्फत जानकारी दिए । जसअनुसार हाल नेपालमा ६ हजार ६ सय ९५ जना कोरोना संक्रमित रहेका छन् । नेपालमा हालसम्म कोरोनाको कारण ३८ जनाको ज्यान गएको छ । भने कोरोना संक्रमणको उच्च जोखिम अर्थात रेड जोनमा ५ सय २५ जना रहेका छन् । प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा कोही पनि रेड जोनमा परेका छैनन् ।