काठमाडाैँ, ३१ असारः प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन कैलालीमा पक्राउ परेका छन् ।
विप्लव समूह स्रोतले पुन पक्राउको पुष्टि गरेको छ । कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले भने एक जना नेता पक्राउ परेको बताएका छन् ।
पुनकी श्रीमती महिला इञ्चार्ज पूर्णिमा धामीलाई पनि प्रहरीले पक्राउ गरेको समूहले बताएको छ ।
पुन समूहभित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने मान्यता राख्ने पक्षका नेता हुन् । उनले सरकारले पत्र पठाए वार्ताबाट नभाग्ने पनि बताएका थिए ।