काठमाडौँ, ३१ असारः पछिल्लो २४ घण्टामा नेपालमा ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार १ सय ७७ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ६ सय ९७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको कुल संख्या ११ हजार २५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका २६ वटा प्रयोगशालामा ५ हजार ९० जनामा पीसीआर परीक्षण गरिएको बताए ।
बुधबारसम्म देशभरका क्वारेन्टिनमा २४ हजार ५ सय २७ जना रहेका छन् भने ६ हजार १ सय १३ जनाको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।