काठमाडौं, १ साउनः नेपालमा बिहीबार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन १६७ जनामा संक्रमण देखिएको हो । यसरी कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।
प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप २१३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या ११ हजार २४९ पुगेको छ ।
विगत २४ घन्टामा २७ वटा प्रयोगशालामा ४९८१ जनाको पिसिआर परीक्षण गरिएको थियो । हाल २३ हजार ५०० जना क्वारेन्टाइनमा र ६०५६ जना आइसोलेसनमा रहेका छन् ।