विराटनगर,२ साउनः नेपालमा थप एक कोरोना संक्रमितको मृ’त्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–१ का ७३ वर्षीय बृद्धको मृ’त्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ४० पुगेको छ ।
वृद्धलाई बुधबार मात्रै अस्पताल भर्ना गरिएको थियो । मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि भर्ना भएका वृद्धको उपचारका क्रममा बुधबार नै स्वाब संकलन गरिएको थियो । बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेसनमा भर्ना गरिएको थियो । आइसोलेसनमा उपचारका क्रममा बिहीबार नै मृ’त्यु भएको हो ।
प्रदेश १ मा कोरोना संक्रमणबाट पहिलो व्यक्तिको मृ’त्यु भएको हो ।